News

Apr 4, 2009

नांगै जानुपर्ने होटल जर्मनमा खुल्ने योजना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चाहे लन्च, डिनर होस् या बिहे समारोह वा भ्रमणका अवसरमा होस् होटल जाने भनेपछि जो-कोही पनि चिरिच्याट् बनेर जान चाहन्छ । सकभर राम्रा पहिरनमा । तर, जर्मनमा यस्तो होटल खोल्ने योजना भइरहेछ जहाँ मानिस राम्रा लुगा होइन, नांगै होटल आउनेछन् । जर्मनमा खोल्न लागिएको यस होटलमा लुगा लगाउन प्रतिबन्ध गरिनेछ । प्रकृतिप्रेमी जर्मन नागरिक फ्रीडर हेफकोर्न ब्ल्याक फरेस्टस्थित परम्पपरावादी होटललाई प्रकृतिवादीका लागि स्वर्ग बनाउन चाहन्छ । यस होटलको नियम कडा छ । कपडा ऐच्छिक होइन अनिवार्य छ । कपडा लगाउनेले यस होटलमा प्रवेश नै पाउँदैनन् । नग्नता कुनै यौन गतिविधि नभएको दाबी गर्छन्, प्रकृतिवादी । यस्ता सार्वजनिक स्थलमा यौनसम्बन्धी क्रियाकलाप नहुने उनीहरूको भनाइ छ । 'यस्ता स्थलमा यौनसम्बन्धी क्रियाकलाप बर्जित हुन्छ,' नग्नतावादी भन्छन् । नांगै जानुपर्ने होटल खुल्ने मिति सार्वजनिक भएको छैन । तर, हेफकोर्नले होटलका नियम भने सार्वजनिक गरिसकेका छन् । कपडा लगाएर जान नपाइनेबाहेक होटलका कोरिडोरमा हल्ला गर्न प्रतिबन्ध गरिएको छ । यस होटलको अन्य महत्त्वपूर्ण नियम रहेको छ- नग्नता अभियानका समर्थक मात्र यस होटलमा जान पाउनेछन् । होटलमा आउने ग्राहकले हरबखत नांगै रहनुपर्ने हुन्छ । अहिलेसम्म जर्मनीको ब्ल्याक फरेस्टस्थित होटल रोसनगार्डेन नग्नतावादी प्रकृतिप्रेमीका लागि गन्तव्यस्थल बनेको छ । तर, हेफकोर्नले शरीरमा कपडा नलगाई बस्न सजिलो महसुस गर्नेका लागि अर्का होटल खोलेमा नग्नतावादीले होटलको छनोट गर्न पाउनेछन् । हेफकोर्नले खोल्न लागेको नग्नता हेाटलमा आराम गर्ने, छलफल गर्ने साथै खेल्ने सुविधा प्रदान गरिने बताइएको छ । उनका अनुसार होटलमा ३२ शयनकक्ष, एक रेस्टुरेन्ट, सौना र टेनिस मैदान हुनेछ । फुर्डेस्ते सहरका पर्यटक निर्देशक माइकल क्रुज नांगै होटल जानेलाई अनौठो मान्छन् । तर, नग्नता कुनै खराब वस्तु नभएको उनको मान्यता छ । 'मलाई आशा छ कि यस क्षेत्रमा यस होटलका बाबजुद पर्यटकको संख्या बढ्छ । मजस्ता मानिस यस्ता होटलमा आउन मन पराउँदैनन्,' जर्मनमा नग्नता संस्थाका ५० हजार सदस्य रहेका छन् । समय-समयमा आयोजित हुने कार्यक्रममा भाग लिन उनीहरूलाई अन्तर्राष्ट्रिय सदस्यता कार्ड प्रदान गरिएको छ ।

No comments: