News

Apr 3, 2009

जनता न्यायलयको दास बन्न नसक्ने - वादल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रक्षामन्त्री राम बहादुर थापा वादलले जनता न्यायलयको दास बन्न नसक्ने बताउनुभएको छ । उहाँले न्यायलयले जनताको अधिकार संरक्षण नगरे त्यसबिरुद्धमा संघर्षमा उत्रेर जनताले बिरोध जनाउनु स्वभाविक भएको बताउनुभयो ।झापाको विर्तामोडमा आज क्रान्तिकारी पत्रकारसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले जनताको बिरुद्ध वकालत गर्ने न्यायधिश बिरुद्ध महा अभियोग लगाएर कारबाही गर्न सकिने प्रावधान रहेको जानकारी दिनुभयो । न्यायधिशले स्वईच्छाचारी ढङ्गले निर्णय गर्न नसक्ने बताउदै रक्षा मन्त्री थापाले न्यायलय भित्रको कमजोरी सच्च्याउनु पर्नेमा पनि जोड दिनुभयो ।झापाको विर्तामोड जानु अघि थापाले बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले नेपाली सेना र न्यायलय जनताभन्दा माथि हुन नसक्ने भएकाले नेपाली जनताका प्रतिनिधीले गरेको कामलाई ति संस्थाहरुले मान्नुपर्ने बताउनुभयो ।

No comments: