News

Apr 3, 2009

माओवादीले ३ र एमालेले ४ तहको अदालतको प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकिक्रित नेकपा माओवादीले अब बन्ने नया संबिधानमा केन्द्रमा सर्वोच्च , राज्यमा उच्च र स्थानिय गरी ३ तहको अदालतको प्रस्ताव गरेको छ ।आज सिंहदरवारमा बसेको न्यायिक समितिको बैठकमा न्यायप्रणालि माथिको दलगत धारणा राख्दै संबिधानिक समितिका सदस्य खिमलाल देवकोटाले स्थानिय अदालतको माताहतमा मेलमिलाप केन्द्र र लोक अदालत रहने प्रस्ताव गर्नु भयो । अवधारणामा न्यायधिशहरुको नियुक्ति राष्ट्रपतिको सिफारिशमा संघिय प्रतिनिधीहरुको स्वक्रितिमा निर्वाचन प्रक्रिया बाट हुने एकिक्रित नेकपा माओवादीको अवधारणा छ । यस्तै नेकपा एमालेलेपनि नयाँसंबिधानमा न्याय प्रणालिबारे ४ तहको अदालत हुनुपर्ने अवधारणाका साथै आफ्नो दलको अवधारणा न्यायिक समितिमा पेश गरेको छ । समितिको आजको बैठकमा एमालेले सर्वोच्च, प्रदेश , जिल्ला र स्थानियगरी ४ तहको अदालतहुनुपर्ने प्रस्ताव गरेको छ ।

No comments: