News

Apr 8, 2009

माओवादी सत्ता कब्जा गर्ने तयारीमा रहेको प्रतिपक्षीहरुको भनार्इ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसदको बैठकमा प्रतिपक्षी सांसदहरुले माओवादी सत्ता कब्जा गर्ने तयारीमा रहेको उसका क्रियाकलापले देखाएको बताएका छन् ।नेपाली काँग्रेस सभासद डा प्रकाशशरण महतले विशेष समितिको निर्देशनमा मात्रै चल्नु पर्ने माओवादी सेनालाई प्रधानमन्त्रीले एकलौटी ढंगले राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गराएको बताएका छन् । चैत २६ गते व्यवस्थापिका संसदको वैठकमा बोल्दै नेता महतले माओवादीले लोकतान्त्रिक मूल्य मान्यतालाई खिल्ली उडाउँदै बल प्रयोग गरेर शासन सत्ता कब्जा गर्ने तयारी गरिरहेको पनि आरोप लगाए । एकिकृत माओवादी सभासद सिपी गजुरेलले महतको भनाईको प्रतिवाद गर्दै खेलकुदमा जस्तै अन्य कुरामा पनि नेपाली सेनाले वहिस्कार गर्दै जाने हो त्यो मुलुकको हितमा नहुने धारणा राखे ।सभासद महतले माओवादी नेताहरुको भाषण सुन्दा बुटवलमा एमालेसम्बद्ध युथफोस्रका जिल्ला सदस्य प्रचण्ड थैवका हत्याका आरोपित सुजित विकलाई माओवादीले नै लुकाएको हुन सक्ने बताए । एमाले सभासद सावित्री भुसालले थैवको हत्यामा वाईसियलकै हात रहेको धारणा राखिन् । विकलाई आफूले कारवाही गरिसकेकाले पक्राउन गर्ने जिम्मा सरकारको हो भनेर बताउदैआएको छ भने एमालेलगायत अन्य दलले माओवादीले नै बिकलाई भगाएको हुनसक्ने बताउदै आएका छन् ।

No comments: