News

May 7, 2008

कोइराला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने संकेत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
राजनीतिक अन्योलता बढिरहेका बेला निर्वाचनपछि ठूलो दलका रुपमा स्थापित नेकपा माओवादीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई मुलुकको प्रथम राष्ट्रपतिका रुपमा प्रस्ताव गर्ने संकेत देखिएको छ । निर्वाचनअघि 'गणतन्त्र नेपालका प्रथम राष्ट्रपति कमरेड प्रचण्ड' भनी प्रचार गरिएको भए पनि राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति माओवादी प्रतिकूल हुँदै गएपछि नेकपा माओवादीले गिरिजाप्रसाद कोइरालालाई प्रथम राष्ट्रपतिका रुपमा प्रस्ताव गर्ने संकेत देखिएको हो ।
ठूलो दलका हैसियतमा सरकारको नेतृत्व माओवादी विशेषगरी अध्यक्ष प्रचण्डले गर्ने सम्भावना बढिरहेका बेला राष्ट्र प्रमुखको जिम्मेवारी वर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई दिन खोज्नुको पछाडि छुट्टै रहस्य रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार हतियारसहितको बिद्रोहबाट शान्तिपूर्ण राजनीति हुँदै निर्वाचनमार्फ् सत्तामा जान तयार भएको नेकपा माओवादीलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरबाट तत्काल विश्वास गर्ने आधार नभेटिएको तथा व्रि्रोही सेना र हतियारसमेत समायोजन तथा व्यवस्थापन नभइसकेको अवस्थामा एउटै व्यक्तिलाई दुबै सेनाको प्रमुख तथा राष्ट्राध्यक्ष बनाउन नसकिने तर्क अगाडि सारेर माओवादीको सत्ता कब्जा गर्ने रणनीतिमा तगारो हालेपछि माओवादीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सेरेमोनियल राष्ट्रपतिका रुपमा अगाडि सार्ने बुझिएको छ । संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले लज्जाजनक हार व्यहोर्नु परे पनि राष्ट्रप्रमुखको जिम्मेवारी लिएका कांग्रेस सभापति कोइरालाले तटस्थ भूमिका निर्वाह गरेको तथा जीवनको उत्तर्रार्द्धमा पुगिसकेका उनलाई कांग्रेसले सम्मानजनक स्थान दिनुपर्ने अडान माओवादीसँग राखेको हुँदा सत्ता हस्तान्तरणको गाँठो फुकाउनका निम्ति पनि माओवादीले कोइरालालाई राष्ट्रपतिको रुपमा अगाडि र्सार्न सहमती जनाएको बताइन्छ ।
गिरिजाप्रसाद कोइरालालाई माओवादीले राष्ट्रपतिका रुपमा प्रस्तुत गरे पनि कार्यकारी अधिकार प्रधानमन्त्रीमा रहने व्यवस्था गर्न कम्मर कसेर लागेका छन् । पार्टी भित्रको शक्ति सन्तुलन गर्न अध्यक्ष प्रचण्ड स्वयम् सरकारमा जाने निर्णय भइसकेको सर्न्दर्भमा आलंकारिक राष्ट्रपति (सेरेमोनियल) माओवादीका निम्ति रहर नभई बाध्यता रहेको छ । सानोतिनो चोटमा नेपाली कांग्रेस विशेषगरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सत्ता हस्तान्तरण गर्ने स्थिति नदेखेपछि माओवादी कांग्रेसलाई फकाएर, लोभ देखाएर, धम्क्याएर भए पनि सत्ता आफ्नो हातमा लिन प्रयास गरिरहेको छ । विदेशी शक्तिहरूले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई तत्काल सत्ता हस्तान्तरण नगर्न उस्काइरहेको भनिएका बेला माओवादीले उल्टै गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिका रुपमा प्रस्तुत गर्न खोज्नुले नयाँ राजनीतिक समीकरणको आभाष दिलाउँछ । संविधानसभाको पहिलो बैठकपछि मुलुक गणतन्त्रमा परिणत हुने र त्यसका निम्ति राष्ट्रपति आवश्यक रहेको हुँदा अहिलेबाटै त्यसको कसरत भइराखेको छ ।
अन्तरिम संविधानमा व्यवस्था भएअनुसार आजबाट ठीक २२ दिनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने संकेत देखिएकाले सत्ताबाट बाहिर बस्न नसक्ने मानसिकताबाट ग्रसित कांग्रेसलाई भने फाइदा हुने निश्चित छ । निर्वाचनमा हार बेहोरे पनि सत्ताको साँचो जहिले पनि कांग्रेसकै हातमा रहनेछ ।

No comments: