लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
नेपाल कम्युनिस्ट पार्टी माओवादीका तर्फबाट हालै सम्पन्न संविधानसभा निर्वाचनमा निर्वाचित भएका विधायक सत्यनारायण भगतमाथि रौतहटको चन्द्रनिगाहपुरस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा आक्रमण भएको छ । ठूलो संख्यामा रहेका स्थानीयवासीले चन्द्रनिगाहपुर-७ मोतियाहीस्थित विधायक भगतको घरमा मंगलबार साँझ आक्रमण गरेका थिए । उक्त आक्रमणबाट भगतका दुइ अंगरक्षकसहित चार घाइते भएका छन् भने घर, गाडी तथा मोटरसाइकल गरी लाखौंको क्षति भएको छ । विधायक भगतका भतिजा दीपेन्द्र भगतले छिमेकी ५ वर्षीय बालक प्रेमसागर चौधरीलाई मरणासन्न हुने गरी कुटपिट गरेपछि आक्रोशित स्थानीयवासीले भगत र उनको घरमा आक्रमण गरेका हुन् ।आक्रोशित स्थानीयवासीले भगतको घरमा आगजनी गर्ने प्रयास गरेपछि दोहोरो झडपसमेत भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्याँससमेत प्रहार गरेको थियो । झडपमा घाइते विधायक भगतका अंगरक्षक प्रहरी हवल्दार जोगेन्द्र यादव र विष्णु खतिवडाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । आफ्ना विधायकमाथि आक्रमण भएपछि माओवादी कार्यकर्ताद्वारा जवाफी कारबाही हुने आशंकामा रौतहटमा सन्त्रास फैलिएको छ । गिरिजाप्रसाद कोइरालालाई माओवादीले राष्ट्रपतिका रुपमा प्रस्तुत गरे पनि कार्यकारी अधिकार प्रधानमन्त्रीमा रहने व्यवस्था गर्न कम्मर कसेर लागेका छन् । पार्टी भित्रको शक्ति सन्तुलन गर्न अध्यक्ष प्रचण्ड स्वयम् सरकारमा जाने निर्ण भइसकेको सर्न्दर्भमा आलंकारिक राष्ट्रपति (सेरेमोनियल) माओवादीका निम्ति रहर नभई बाध्यता रहेको छ । सानोतिनो चोटमा नेपाली कांग्रेस विशेषगरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सत्ता हस्तान्तरण गर्ने स्थिति नदेखेपछि माओवादी कांग्रेसलाई फकाएर, लोभ देखाएर, धम्क्याएर भए पनि सत्ता आफ्नो हातमा लिन प्रयास गरिरहेको छ । विदेशी शक्तिहरूले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई तत्काल सत्ता हस्तान्तरण नगर्न उस्काइरहेको भनिएका बेला माओवादीले उल्टै गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिका रुपमा प्रस्तुत गर्न खोज्नुले नयाँ राजनीतिक समीकरणको आभाष दिलाउँछ । संविधानसभाको पहिलो बैठकपछि मुलुक गणतन्त्रमा परिणत हुने र त्यसका निम्ति राष्ट्रपति आवश्यक रहेको हुँदा अहिलेबाटै त्यसको कसरत भइराखेको छ ।
अन्तरिम संविधानमा व्यवस्था भएअनुसार आजबाट ठीक २२ दिनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने संकेत देखिएकाले सत्ताबाट बाहिर बस्न नसक्ने मानसिकताबाट ग्रसित कांग्रेसलाई भने फाइदा हुने निश्चित छ । निर्वाचनमा हार बेहोरे पनि सत्ताको साँचो जहिले पनि कांग्रेसकै हातमा रहनेछ ।

No comments:
Post a Comment