News

May 1, 2008

साना दलले छाने समानुपातिक

लिम्वूवान डट व्लगस्पोट डटकम,कठमाडौं, वैशाख १८
समानुपातिकबाट एक सिट मात्र जितेका साना छ दलमध्ये तीनवटाले अध्यक्षलाई संविधानसभा सदस्य बनाएका छन् । अन्यले कार्यसमिति सदस्य र बौद्घकि क्षेत्रका व्यक्तिलाई प्राथमिकता दिएका छन् । छ दलमध्ये समाजवादी जनता पार्टी दलित जनजाति पार्टी चुरेभावर राष्ट्रिय एकता पार्टी आफ्ना अध्यक्ष क्रमशः प्रेमबहादुर सिंह, विश्वेन्द्र पासवान र केशवप्रसाद मैनालीलाई संविधानसभा सदस्यमा सिफारिस गरेका हुन् । नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी लोकतान्त्रिक समाजवादी दलले क्रमशः एकराज ढकाल, बुद्घ सायमी र लक्ष्मीप्रसाद चौधरीलाई पठाएका छन् । तेत्तीस वर्षीय ढकाल सामाजिक कार्यकर्ताका रूपमा चिनिन्छन् भने सायमी जनआन्दोलनदेखि नागरिक समाजनिकट व्यक्ति हुन् । चौधरी प्राध्यापन पेसामा छन् । दलित जनजाति पार्टी बाहेक अन्य दल संविधानसभा हुनुभन्दा एक वर्षेखि तीन/चार महिना अघिमात्र स्थापना भएका हुन् । 'जातीय स्वशासनयुक्त संघीय लोकतान्त्रिक गणतन्त्र मुख्य एजेन्डा हो र यसलाई स्थापित गर्न क्रियाशील हुनेछु,' नेपाः राष्ट्रिय पार्टी विधानसभा सदस्य सायमीले कान्तिपुरसंग भने- 'राजधानी प्रदेश हामीलाई मान्य हुदैन । पाचवटा स्वायत्त प्रदेश हुनुपर्छ त्यसमा एउटा नेवाः राज्य हुनेछ ।' यस पार्टी राज्यहरू मुख्यमन्त्रीले चलाउने र प्रत्यक्ष निर्वाचनबाट निर्वाचित व्यक्ति राष्ट्रपतिका रूपमा केन्द्रमा रहने व्यवस्था अघि सारेको छ ।
सात वर्षघि राष्ट्रिय वाणिज्य बैंकको नवौं तहबाट अवकाश पाएका बैसठ्ठी वर्षीय उनी नेवारी भाषाका साहित्यकारका रूपमा चिनिन्छन् । उनले स्नातकसम्मको अध्ययन गरेका छन् । दलित जनजाति पार्टी सदस्य विश्वेन्द्र पासवानले राज्यका सम्पूर्ण निकायमा दलित, जनजाति, आदिवासी, महिलालगायतलाई जनसंख्याका आधारमा आरक्षण दिनुपर्ने व्यवस्थालाई संविधानसभामा जोडदारसाथ उठाउने बताए । 'मानवीय विभेदविरुद्घ कडाभन्दा कडा कानुन निर्माण गर्ने विषयलाई पनि प्राथमिकता दिनेछु,' तर्राईमा भएका चमार आन्दोलनमा नेतृत्व गरेका उनले भने- 'समग्रमा र्सवपक्षीय लोकतान्त्रिक संविधान प्रमुख
एजेन्डा हुनेछ ।' २०२८ देखि वामपन्थी धारबाट विद्यार्थी राजनीति सुरु गरेका पासवान ०५४ मा फरक मत राखेर बाहिरिएका हुन् । उनले कानुनमा प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । चुरेभावर राष्ट्रिय एकता पार्टीबाट संविधानसभा सदस्यमा सिफारिस भएका केशवप्रसाद मैनालीले मधेसीवादी दलहरूले उठाएको 'एक मधेस स्वायत्त प्रदेश' एजेन्डा पारित हुन नदिने बताए । उनी समाजका अध्यक्ष हुन् । 'यो देशमा मधेस छैन भन्ने कुरालाई स्थापित गर्छु,' २०२४ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनले भने- 'राष्ट्रिय अखण्डता र अस्तित्वको लडाइमा जान्छु ।' मैनालीले पछिल्लोपटक तर्राईमा वितरण गरिएका नागरिकताहरू खारेज र नेपाल-भारत सीमा सिलबन्द गर्नुपर्ने मागलाई सशक्त ढंगले उठाउने बताए । पछिल्लो समयमा कांग्रेस र्सलाही संगठन प्रमुख रहेका मैनाली ०६३ मा नया पार्टी खोलेर बाहिरिएका हुन् । २००७ सालमा सिन्धुली नेत्रकाली गाविस आमडा“डामा जन्मिएका उनी विगतमा जेसिसको राष्ट्रिय उपाध्यक्ष र नेपाल अर्बुदरोग निवारण संस्थामा केन्द्रीय सदस्य भएका थिए ।
नेपाल परिवार दलका संविधानसभा सस्दय तेत्तीस वर्षीय एकनाथ ढकालले सम्पूर्ण नेपालीको भावना अंकित गर्न हरसम्भव कोसिस गर्ने प्रतिबद्घता जनाए । 'नागरिकको हकहित र सुरक्षा संविधानमा स्थापित गर्न पहल गर्र्छु' समाज र मानवशास्त्रमा स्नातकोत्तर गरेका उनले भने- 'सेवाका लागि युवा, शान्तिका लागि महिला र ज्ञानका लागि बौद्घकि वर्गलाई अघि सार्नुपर्छ भन्ने मान्यता अघि सार्नेछु ।'
ढकाल युनिर्भसल पिस फेडेरेसनका अध्यक्ष र संयुक्त राष्ट्रसंघसंग आबद्घ युथ फेडेरेसन फर वर्ल्ड पिस एसिया महादेशका महासचिव पनि हुन् । 'म सामाजिक क्षेत्रको व्यक्ति हुन् । समाजका हरेक समस्यासंग परिचित छु । ती समाधानका लागि संविधानसभामा पहल गर्छु,' गोरखाको बोर्लाङमा जन्मिएका उनले भने ।
इटहरीमा केन्द्रीय कार्यालय रहेको लोकतान्त्रिक समाजवादी दलले प्राध्यापन क्षेत्रका लक्ष्मीलाल चौधरीलाई संविधानसभामा पठाएको छ । समाजवादी जनता पार्टी अध्यक्ष तथा संविधानसभा सदस्य प्रेमबहादुर सिंह केही दिनदेखि उपचारका लागि पाटन अस्पतालमा भर्ना भएका छन् । उनी ०५३/५४ मा एमालेका तर्फाट मन्त्री भएका थिए । ०६१ माघ १९ को राजाको कदमलाई र्समर्थन गरेपछि एमालेले उनलाई कारबाही गरेको थियो । त्यसपछि नया पार्टीलेका हुन् ।

No comments: