News

Nov 4, 2008

सेना समायोजनसम्बन्धी विषयमा अनावश्यक वादविवाद - सिपी गजुरेल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले जारी शान्ति प्रक्रियाको अभिन्न अङ्गका रूपमा रहेको सेना समायोजनसम्बन्धी विषयमा अनावश्यक वादविवाद नगरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने चुनौती अहिले मुलुकसामु रहेको धारणा व्यक्त गर्नुभएको छ ।राजधानीमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मुलुकको राजनीतिलाई आमूल परिवर्तन गर्न सफल जनमुक्ति सेनाको सम्मान गरी बृहत् शान्ति सम्झौता र विद्यमान संविधानबमोजिम सेनासमायोजन प्रक्रिया तत्कालअघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।उहाँले राष्ट्रिय सेनामा प्रवेश भइसकेपछि सैनिक नियमावलीअनुरूप सञ्चालन हुनुपर्ने कानुनी प्रावधानका आधारमा विद्यमान जनमुक्ति सेना कुनै पार्टीको नभइ राष्ट्रको सेना हुनेहुँदा कार्यदक्षता र क्षमताका आधारमा नन्दकिशोर पुन पासाङलगायत जोकोही पनि सेना प्रमुख हुनसक्ने विचार व्यक्त गर्नुभयो ।

No comments: