News

Nov 3, 2008

सेनामा समायोजन गर्ने त्यस्तो कुनै सहमति नभएको - गिरिजाप्रसाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने त्यस्तो कुनै सहमति नभएको बताउनुभएको छ । सभापति कोइरालाले ललितपुरमा जगदम्बा प्रकाशनद्वारा प्रकाशित मातृकाप्रसाद कोइरालाको जीवनीमा आधारित 'एउटा क्रान्तिमा एउटा भूमिका' विषयक अङ्ग्रेजीमा लिखित पुस्तकको विमोचन गर्दै यस्तो बताउनुभएको हो ।सहमति, एकता र सहकार्य नै राष्ट्रियताको जग भएको र आफूले विगत दश वर्षदेखि यिनै भावनालाई लिएर अगाडि बढेको तर अहिले माओवादीले उक्त सहमति तोडेपछि राष्ट्रियता कमजोर हुन पुगेको बताउनुभयो । उहाँले सहमति तोड्ने क्रम जारी रहने हो भने हामीबीचको बाटोसमेत फरक हुने धारणा व्यक्त गर्नुभयो ।उहाँले राष्ट्रसङ्घले प्रमाणीकरण गरेको हतियार संविधानसभामा प्रवेश हुनु आपत्तिजनक हो भन्दै त्यसबारे संयुक्त राष्ट्रसङ्घका महासचिवको पनि ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।

No comments: