News

Nov 5, 2008

तीन स्थानका नगरपालिकाको नाम परिवर्तन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले मुलुकका विभिन्न तीन स्थानका नगरपालिकाको नाम परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को आज बुधबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकले पूर्वराजाहरुको नाममा रहेका तीनवटा नगरपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।बैठकले पृथ्वीनारायण नगरपालिका-गोरखालाई गोरखा नगरपालिका, त्रिभुवन नगरपालिका दाङलाई घोराही नगरपालिका र महेन्द्रनगर नगरपालिकालाई भीमदत्त नगरपालिका नामकरण गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले पत्रकारहरुलाई बताउनुभयो ।

No comments: