News

Nov 4, 2008

सेना समायोजन विशेष समिति विघटन नहुने - बामदेव गौतम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गृहमन्त्री बामदेव गौतमले आफ्नो संयोजकत्वमा गठन भएको सेना समायोजन विशेष समिति विघटन नहुने बताएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले सेना समायोजन विशेष समिति विघटन वा पुर्नगठन नहुने बताएका छन् । समितिमा सबै दलको समान सहभागिता नरहेको तथा समितिको कार्यविधि स्पष्ट नभएको बताउदै नेपाली कांग्रेसले समिति बिघटन गर्नुपर्ने माग गरेको बेला कार्तिक १९ गते राजधानीमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री गौतमको यस्तो धारणा आएको हो । अन्तरिम संविधान अनुसार नै मन्त्री परिषदको निर्णयबाट गठन भएको समिति विघटन गर्न आवश्यक नभएको पनि उनले उल्लेख गरे । सेना समायोजन विशेष समितिका संयोजक उपप्रधानमन्त्री गौतमले सेना समायोजन गर्दा मापदण्ड पुगेकालाई मात्रै सेनामा लगिने बताए । माओवादी सेनालाई विभिन्न विकल्प रोज्न दिने र प्रहरी वा अन्य सरकारी निकायमा प्रवेश गर्न चाहनेले पनि चलिआएको मापडण्द पुरा गर्नपर्ने उनले कार्यक्रममा स्पष्ट पारे । माओवादीको भातृसंगठन वाइसीयल तथा आफ्नो पार्टीको युथ फोर्सले शान्ति सुरक्षामा असर पुग्ने काम गर्न नरोके तत्काल विघटन गर्न पनि उनले माओवादी र आफ्नो पार्टीलाई सल्लाह दिए । रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले नेता तथा मन्त्री गौतमले राजनीतिक गतिविधि गर्नेभए मात्रै वाइसीएल र युथ फोर्स संचालन हुनु पर्ने धारणा पनि राखे ।

No comments: