News

Nov 5, 2008

गोर्खा भर्तीसम्बन्धी त्रिदेशीय सम्झौता खारेज हुनुपर्ने - झलनाथ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेका महासचिव झलनाथ खनालले गोर्खा भर्तीसम्बन्धी त्रिदेशीय सम्झौता खारेज हुनुपर्ने बताउनुभएको छ । बेलायती सेनामा कार्यरत गोर्खा सैनिकले मुद्दा जितेको उपलक्ष्यमा एमाले मुख्यालय बल्खुमा आयोजित शुभकामना तथा बधाइ कार्यक्रममा महासचिव खनालले मौजुदा सम्झौता खारेज गरी नेपाल र बेलायतको बीचमामात्र नयाँ सम्झौता हुनुपर्नेमा जोड दिनुभयो । अहिलेको सम्झौतामा गोर्खा भर्ती सम्बन्धमा भारत पनि हिस्सेदार भएकाले सोको अन्त्य हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । महासचिव खनालले सेना समायोजनको विषयमा नेकपा माओवादी र नेपाली काङ्ग्रेसबाट व्यक्त बिचार परस्पर अतिवादी अभिव्यक्ति भएको चर्चा गर्दै विश्वमा स्थापित मान्यता अनुसार सेना समायोजन हुनुपर्छ भन्नुभयो ।एमालेका पूर्वमहासचिव माधवकुमार नेपालले वर्तमान शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपाली काङ्ग्रेसलाई पनि सँगै लिएर जानुपर्ने बताउनुभयो । सहमति र सहकार्यको राजनीतिबाट कोही पनि टाढा भाग्न नहुने सुझाव नेपालको थियो ।

No comments: