News

Nov 7, 2008

जातीयताको आधारमा संघीय राज्य निर्माण गर्न नहुने - प्रदीप ज्ञवाली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जातीयताको आधारमा संघीय राज्य निर्माण गर्न नहुने बताउनुभएको छ । नेता ज्ञवालीले संघीय राज्य निर्माण गर्दा साँस्कृतिक, सामाजिक, आर्थिक र भाषिक विविधतालाई पनि ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।प्रेस चौतारीद्वारा आज बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता ज्ञवालीले प्रदेशहरुलाई स्वायत्तता दिए पनि राज्य टुक्राउने अधिकार कसैलाई नभएको उल्लेख गनुभयो । जनताले चाहेअनुरूपको संविधान बनाउन कठिन रहेको भन्दै उहाँले सबै दल त्यसको तयारीमा लाग्नुपर्ने बताउनुभयो ।सेना समायोजन बृहत् शान्तिसम्झौता अनुरूप नै हुने दाबी गर्दै उहाँले अनावश्यक टिप्पणी नगर्न पनि अन्य दललाई आग्रह गर्नुभयो ।

No comments: