News

Nov 7, 2008

उपराष्ट्रपतिले दिनुभएको अभिव्यक्ति असंवैधानिक भएको ठहर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तासाझेदार दल माओबादी र एमालले सेना समायोजन विशेष समितिबारे उपराष्ट्रपति परमानन्द झाले दिनुभएको अभिव्यक्ति असंवैधानिक भएको ठहर गरेका छन् । आपसी मतभेद अन्य गर्न दुइ दलद्धारा गठित संयुक्त संयनत्रको आज बिहीबार बसेको बैठकले उपराष्ट्रपति झाको अभिब्यक्तिवारे प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई सुझाव पनि दिएको छ ।उपराष्ट्रपति झाले हिजो सेना समायोजन विशेष समिति संविधानविपरीत गठन भएको बताउनुभएको थियो । बैठकले देशका विभिन्न स्थानमा युथ फोर्स र वाइसिएलबीच देखिएको विवाद मिलाउन स्थानीयस्तरमा समिति गठन गर्ने र समितिले मिलाउन नसकेको विवादलाई केन्द्रिय संयन्त्रले हल गर्ने निर्णय पनि गरेको छ । यसैगरी बैठकले ७ दल बीच बिगतमा भएको सहमति अनुसार सेना समायोजन तथा पुनस्थापना गर्न बिशेष समितिलाई सुझाव दिने र समितिमा कांग्रेसलाई पनि सहभागी गराउनेबारे छलफल भएको बैठकमा सहभागी संयन्त्रका सदस्य एवं एमाले नेता भीम रावलले जानकारी दिनुभयो ।यसैबीच सेना समायोजनका लागि गठित बिशेष समितिमा देखिएको विवाद अन्त्य गर्ने बिषयमा एमाले र माओवादीले आजै नेपाली कांग्रेससँग छुट्टाछुट्टै तथा संयुक्त छलफल गर्नेभएका छन् । समितिमा कांग्रेसको सहमति भए आजै प्रमुख चार दल माओवादी कांग्रेस, एमाले र फोरमबीच छलफल हुने बताइएको छ ।

No comments: