News

Nov 8, 2008

नयाँ सुरक्षानीति बनाएर सेना समायोजन गर्नुपर्ने - महरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले नयाँ सुरक्षानीति बनाएर सेना समायोजन गर्नुपर्ने बताउनुभएको छ । हातमालो मिडिया सर्भिसेजको तेश्रो वार्षिकोत्सवलाई सम्वोधन गर्दै मन्त्री महराले दुबै सेनाको फरक-फरक महत्व भएकाले नयाँ सुरक्षानीति बनाएर समायोजन गर्नुपर्ने बताउनुभयो । माओवादी नेता समेत रहेका मन्त्री महराले दलहरुबीच सहमति र सहकार्य आवश्यक भएपनि पुरानै मुद्दामा भने अब सहमति बन्न नसक्ने दावी गर्नुभयो । कार्यक्रममा माओवादी नेता दिनानाथ शर्मा, एमाले नेता भरतमोहन अधिकारी, कांग्रेस नेता नरहरि आचार्य लगायतले निर्धारित समयमै संविधान निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

No comments: