News

Nov 8, 2008

अनमिनको म्याद थप्ने/नथप्नेबारे छिटो निर्णय लिन आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रसंघीय सुरक्षा परिषदले अनमिनको म्याद थप्ने/नथप्नेबारे छिटो निर्णय लिन नेपाल सरकार र प्रमुख राजनीतिक दलहरुसँग आग्रह गरेको छ । सुरक्षा परिषदका वर्तमान अध्यक्ष जर्ज अरबिनाले शुक्रबार राति प्रेस विज्ञप्ति जारी गर्दै अनमिनको म्याद थप्नेबारे छिटो निर्णय लिन नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको हो ।अध्यक्ष अरबिनले नेपालको जारी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन दलहरुबीचको सहमति र सहकार्यमा समेत जोड दिनुभएको राष्ट्रसंघ सूचना केन्द्रले जनाएको छ । गत साता नेपाल भ्रमणमा आउनुभएका राष्ट्रसंघका महासचिव बान की मुनले शान्ति प्रक्रियाको एक अंगको रुपमा माओवादी सेनाको समायोजन र पुनर्स्थापना सक्दो चाँडो गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको थियो ।

No comments: