News

Nov 4, 2008

तीन राजदूतलाई फर्कन पत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले तीन देशमा रहेका नेपाली राजदूतलाई एक महिनाभित्र फति आउन आग्रह गर्दै सोमबार पत्र पठाएको छ। सरकारले यसरी फतिा बोलाएका राजदूतमा अमेरिकाका लागि राजदूत डा. सुरेश चालिसे र भारतका लागि राजदूत दुर्गेशमान सिंह रहनुभएको छ। यसै गरी जर्मनीका लागि नेपाली राजदूत डा. मदन भट्टर्राईलाई समेत सरकारले फति बोलाएको छ। डा. भट्टर्राईले चाहिँ चारवर्षो कार्यकाल पूरा गरिसक्नुभएको छ। चालिसे र सिंह कांग्रेस कोटाबाट राजदूत बनाइनुभएकोमा उहाँहरूलाई असमयमा नै फिर्ती बोलाइएको हो। माओवादीसमेत रहेको संसदीय सुनुवाइ समितिको सिफारिस अनुसार उहाँहरूलाई अघिल्लो सरकारले राजदूत बनाएको भए पनि अहिले एक्कासि फिर्ती बोलाइएको हो। मन्त्रिपरिषद्को बैठकको त्यससम्बन्धी निर्णय अनुसार मुख्य सचिव डा. भोजराज घिमिरेले सोमबार परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्नुभएपछि परराष्ट्रले सम्बद्ध राजदूतहरूलाई पत्र पठाएको स्रोतले बताएको छ।

No comments: