News

Nov 5, 2008

प्रधानमन्त्री २७ गते भारत जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ यही कात्तिक २७ गते प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरूको सामूहिक प्रयास (बिमस्टेक) को दोस्रो शिखर सम्मेलनमा सहभागी हुन भारत प्रस्थान गर्नुहुने भएको छ।कात्तिक २८ गते नयाँ दिल्लीमा हुने बिमस्टेक राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुहुनेछ।बिमस्टेक सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका शीष नेताहरूसँग पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ।

No comments: