News

Nov 4, 2008

नयाँ राष्ट्रपतिका लागि अमेरिकामा मतदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकामा ४४ औ राष्ट्रपतिका लागि आज मंगलबार मतदान हुँदैछ । डेमोक्र्याटिक पार्टीका ४७ बर्षीय युवा उम्मेद्वार बाराक ओबामा र ७२ बर्षीय रिपब्लीकन उम्मेदबार जोन म्याक्कीनबीच निर्वाचनमा कडा प्रतिस्पर्धा हुने बीबीसीले जनाएको छ ।यद्यपि निर्वाचनको पूर्वसन्ध्यामा गरिएका बिभिन्न सर्वेक्षणले ओबामा, म्याक्नीनभन्दा सरदर ५ प्रतिशत मतले अघि रहेको देखाएको छ । ओबामा र म्याक्नीनबाहेक साना दलका ३ र एक स्वतन्त्र उम्मेदबार ह्वाइट हाउसको दौडमा उत्रिएका छन् ।अमेरिकाको इतिहासमा फरक पहिचान बोकेका उम्मेदबारहरुबीच हुन लागेको यस निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ । पहिलो अश्वेत राष्ट्रपति उम्मेदबार बाराक ओबामा, पाका उम्मेदबार जोन म्याक्कीन र रिपब्लीकन उपराष्ट्रपति उम्मेदबार सरहा पालिन, जसले जिते पनि अमेरिकामा नयाँ इतिहास लेखिने पक्का छ ।ओबामाले जित हात पारे उहाँ अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति बन्नुहुनेछ भने म्याक्नीन बिजयी भए उहाँ अहिले सम्मकै सबैभन्दा पाको उमेरको राष्ट्रपति बन्नुहुनेछ । उपराष्ट्रपति सरहा पालीन बिजय भए अमेरीकी इतिहासमा उहा पहिलो महिला उपराष्ट्रपतिका रुपमा उभिनु हुनेछ ।इराक युद्ध, राष्ट्रिय सुरक्षा, अर्थतन्त्र, स्वास्थ्य सेवा, अबैध आप्रबासन र गर्वपनलाई साझा मुद्धा बनाएका दुवै उम्मेदबारले अमेरिकी अर्थतन्त्र सुधारका लागि आ आफ्ना आर्थिक प्याकेज अघि सोरका छन् । म्याक्नेनले अर्थतन्त्र सुधारका लागि ५२ अर्ब र ओवामाले ६० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेका छन् ।निर्वाचनमा करिव १३ करोड अमेरिकी मतदाताहरुले मतदान गर्दैछन् । राष्ट्रपतिमा बिजयी हुन दुबै उम्मेदबारलाई कुल ५ सय ३८ इलेक्ट्रोरल भोटमध्ये २ सय ७० इलेक्ट्रोरल भोट आवश्यक पर्नेछ ।

No comments: