News

Nov 5, 2008

नेपाली कविहरुले हङकङमा कविता वाचन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङमा बस्ने नेपालीहरूको निम्तोमा पोखराका चर्चित कविहरू सरुभक्त, तीर्थ श्रेष्ठ र प्रकट पगेनी शिवले बिम्वहरूका साथ एकदिने कार्यक्रमअन्तर्गत कात्तिक २८ गते हङकङमा संयुक्त रूपमा कविता वाचन गर्ने भएका छन् । विभिन्न कालखण्डमा लेखिएका समसामयिक विषयका कविताहरू उक्त कार्यक्रममा वाचन गर्ने कवि तीर्थ श्रेष्ठले बताउनुभयो । हङकङ बसाइमा त्यहाँका नेपालीहरूको सङ्गठन एनआरएन, पोखरेली झ्याल र गण्डकी बोर्डिङ भूतपूर्व विद्यार्थीहरूको सङ्गठन एग्बोसाले गर्ने विविध कार्यक्रममा पनि कविहरू सहभागी हुने बताइएको छ । कविहरूको टोली यही २३ गते हङकङ प्रस्थान गर्नेछ ।

No comments: