News

Nov 7, 2008

सरकारले सिंहदरबार परिसरमा सुरक्षा व्यवस्था कडा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले सिंहदरबार परिसरमा हुने संदिग्ध गतिविधिलाई अनुगमन गर्न सुरक्षा व्यवस्था कडा पारेको छ। सिंहदरबारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मन्त्रालय र अन्य प्रमुख प्रशासकीय निकायको सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।सरकारले अराजक र संदिग्ध गतिविधि अनुगमन गर्न सिंहदरबारका चारैवटा ढोकामा सीसीटिभी जडान गरिसकेको छ।सिंहदरबारभित्र हाल पाँचबाहेक १५ वटा मन्त्रालय, सरकारको स्वामित्वमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनको मुख्यालयलगायत आधा दर्जनभन्दा बढी प्रशासकीय निकाय रहेका छन्।गृह मन्त्रालयले सिंहदरबारभित्र हुन सक्ने अवाञ्छित गतिविधिलाई अनुगमन र व्यवस्थित गर्न कामविशेषले आउने व्यक्तिहरूलाई तोकिएको मन्त्रालय वा निकायमा मात्र जान अनुरोधसमेत गरेको छ।सुरक्षा निकायको सहयोगमा सिंहदरबार प्रवेश गर्ने पश्चिम ढोकामा तोकिएको मन्त्रालय प्रवेश गर्न सोधपुछ कक्षसमेत राखिने भएको छ।गृह मन्त्रालयअर्न्तर्गत रहेको सिंहदरबार सुरक्षा व्यवस्थापन समितिले जुन मन्त्रालयबाट पास उपलब्ध भएर प्रवेश गर्ने हो, सोही मन्त्रालयबाहेक अन्य मन्त्रालय र सचिवालयमा नजान अनुरोध गरिएको जनाएको छ।त्यस्तै नेपाल सरकारबाट नयाँ जारी भएको परिचयपत्र भिरेर मात्र प्रवेश गर्न सिंहदरबारभित्र रहेका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई निर्देशन दिइएको छ।मन्त्रालयले र्सवसाधारणका लागि सिंहदरबार प्रवेश समयसमेत परिवर्तन गरेको छ।आज शुक्रबारदेखि माघ १५ गतेसम्म लागू हुने गरी र्सार्वजनिक गरिएको समय तालिकाअनुसार दिउँसो १ देखि ३ बजेसम्म र माघ १६ देखि कात्तिक १५ गतेसम्म दिउँसो २ बजेदेखि ४ बजेसम्म कार्यालय समय कायम गरिएको छ।

No comments: