News

Nov 5, 2008

वार्तामा नआए सरकारले कारबाही गर्ने चेतावनी - वामदेव गौतम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले तराइमा सशस्त्र विद्रोह गरिरहेका समूहहरू वार्तामा नआए सरकारले कारबाही गर्ने चेतावनी दिनुभएको छ । राजधानीमा आज बुधबार आयोजित कारागार व्यवस्थापन विभागको निर्माणाधीन भवन शिलान्यास गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । वार्तामा नआएका सशस्त्र समूहलाई कारबाही गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरी नै पर्याप्त हुने तर सेना परिचालन नहुने गौतमले बताउनुभयो ।सेना समायोजन समितिमा नेपाली काङ्ग्रेस सहभागी हुनुपर्नेमा जोड दिंदै गृहमन्त्री गौतमले समिति सर्वदलीय सहमति र संविधानसम्मत ढङ्गले गठन भएको जिकिर गर्नुभयो । उहाँले शान्तिसुरक्षामा अहिले गुणात्मक सुधार आएको र यसमा अझ प्रभावकारिता ल्याइने जानकारी दिनुभयो ।विद्यमान कानुनहरूलाई संशोधन गरेर सार्वजनिक स्थलमा मदिरा र सुर्तिजन्य सामग्रीको बेचविखन तथा सेवनलाई नियन्त्रण गरिने पनि मन्त्री गौतमले उल्लेख गर्नुभयो । शिक्षामन्त्री रेणुकुमारी यादवको दिल्ली भ्रमणको सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा गृहमन्त्री गौतमले यादव तराइका सशस्त्र समूहसँग वार्ताको पहल गर्न दिल्ली नगएको स्पष्ट पार्नुभयो ।

No comments: