News

Nov 5, 2008

पूर्वसहमतिअनुसार सेना समायोजन प्रक्रिया नरोकिने - देव गुरुङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्याय कानुन तथा संसदीय व्यवस्थामन्त्री देव गुरुङले सेना समायोजनसम्बन्धी विशेष समितिमा नेपाली काङ्ग्रेसको सहभागिता नभए पनि पूर्वसहमतिअनुसार सेना समायोजन प्रक्रिया नरोकिने बताउनुभएको छ ।विशेष समितिमा काङ्ग्रेसको सिट सुरक्षित राखिएको छ भन्दै समितिमा नआएमा काम अगाडि बढ्ने मन्त्री गुरुङले उल्लेख गर्नुभयो । पोखरा विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै उहाँले पहिला विशेष समितिको संयोजक फेर्नुपर्छ भन्ने काङ्ग्रेस अहिले संयोजक फेर्दा पनि आँउदैन भने सेना समायोजनको काम अगाडि बढ्ने उहाँको भनाइ थियो ।समितिमा काङ्ग्रेस सहभागी हुनका लागि समिति पुनर्गठन हुन नपर्ने भन्दै उहाँले राष्ट्रियता र स्वाधीनताको पक्षमा काङ्ग्रेस रहेको छ भने काङ्ग्रेसले सहभागिता जनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले एमाले र माओवादीबीच गठन भएको संयन्त्रबाट वामपन्थीहरु बीचको एकतालाई सहयोग पुग्ने बताउनुभयो ।

No comments: