News

Nov 5, 2008

मन्दिर परिसरमा निर्वस्त्र भइ यौनक्रियामा लिप्त दुइ जोडी पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दधिकोट गाविस विरुवास्थित विन्ध्यवासिनी मन्दिर परिसरमा निर्वस्त्र भइ यौनक्रियामा लिप्त रहेको अवस्थामा प्रहरीले दुइ जोडी युवालाई पक्राउ गरेको छ । ललितपुर बस्ने वर्ष २५ को दीपेन्द्र थापामगर र वर्ष २७ को प्रतुष थापामगर तथा चितवन घर्रभई ललितपुर बस्ने वर्ष २२ की रीया थापामगर र गोरखा घर भइ ललितपुर बस्ने वर्ष १७ की अनिता कार्कीलाई स्थानीय वासिन्दाको उजुरीको आधारमा प्रहरीले राति पक्राउ गरेको हो ।मन्दिर परिसरमा मानिस गएको थाहा पाई चोरी गर्न आएको आशङ्कामा स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी प्रभाग दधिकोटका प्रहरीले उनीहरूलाई राति १ बजे थलोमै पक्राउ गरेको हो । शरीरमा कुनै पनि कपडा नरहेको अवस्थामा पक्राउ परेका यी चारैजनालाई प्रहरीले महानगरीय प्रहरी वृत्त थिमीमा बुझाएका छन् ।प्रहरीले आवश्यक कारबाही अगाडि बढाउने बताएको छ भने यसप्रकारको घटना केही दिन यता भक्तपुरमा बढेको प्रहरीले जानकारी दिएको छ ।

No comments: