News

Nov 5, 2008

कोसी बाढीले विस्थापितहरुमा झाडापखालाको प्रकोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसी बाढीले विस्थापित भइ शिविरमा बस्दै आएका सुनसरीका बासिन्दामा झाडापखालाको प्रकोप देखिएको छ । झाडा फैलिएर पीडित भएकामध्ये यसै सातामात्र पाँचजना विस्थापितको मृत्यु भइसकेको छ भने यसअघि दर्जनौंको मृत्यु भएको छ ।पछिल्लोपटक मृत्यु हुनेहरुमा सुनसरी, श्रीपुर गाविसका पुनम सदा र उमर खा मिया तथा हरिपुरका अनवर मिया रहेको प्रहरीले जनाएको छ । मृत्यु हुने अन्य दुइको पहिचना भइसकेको छैन । अधिकांश विस्थापितहरू झाडापखाला, निमोनिया, छाती दुख्ने, छालाको रोग र आखाका रोगबाट पीडित छन् ।विस्थापितहरूलाई राखिएको झुम्का कारागार शिविर, पश्चिम कुशाहा गाविसको बाधक्षेत्रको शिविर, भोक्राहा गाविसको जामिया इस्लामिया शिविर र लौकही गाविसको सडकखण्डमा रहेका विस्थापितमध्ये दैनिक १०० देखि १५० सम्म बिरामी पर्ने गरेका छन् ।

No comments: