News

Nov 5, 2008

मन्त्रिपरिषदद्वारा राजनीतिक नियुक्तिको निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रिपरिषद वैठकले राष्ट्रिय योजना आयोगको रिक्त पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ । आयोगका सदस्यहरुमा राममणि पोखरेल-भोजपुर, अयोदेवी यमी
काठमाडौं, प्रेम कुँवर-अछाम, प्रा.डा. योगेन्द्रप्रसाद यादव, सुनिलबाबु श्रेष्ठ-गोरखा र डा. रामदेव सिंह-पर्सालाई नियुक्त गरिएको सञ्चारमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो यसैगरी नेपाल विद्युत प्राधिकरणको महाप्रबन्धकमा उत्तरकुमार श्रेष्ठ, नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा सुगतरत्न कंशाकार, नेपाल औद्योगिक विकास निगमको कार्यकारी निर्देशकमा कृष्णप्रसाद आचार्य र बृहत् जनकपुर क्षेत्र विकास परिषद्को प्रमुखमा रामचन्द्र मण्डललाई नियुक्त गरिएको छ ।बैठकले प्रहरीको प्रशासनिक क्षेत्रमा दुइजना र अस्पताल क्षेत्रमा चारजना प्रहरी नायब महानिरीक्षकको नयाँ पद सिर्जना गर्ने निर्णय गरेको छ । सरकारले कात्तिक १९ गते निधन हुनुभएका पत्रकार कृष्णप्रसाद शिवाकोटीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय पनि गरेको छ ।

No comments: