News

Nov 8, 2008

राजनैतिक असमझदारीप्रति सरकार गम्भीर रहेको - डा. बावुराम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री डा. बावुराम भट्टराइले हालको राजनैतिक असमझदारीप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । संविधानसभा व्यवस्थापिकाको बैठकमा विनियोजन बजेट अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथि सभासदहरुको प्रश्नको जवाफ दिदै उहाँले यस्तो बताउनुभएको हो ।सरकारले सबैखाले समस्याको समाधानको लागि काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । आगामी ६ महिनाभित्र सेना समायोजनको कार्य सकिने जानकारी दिदै अर्थमन्त्री भट्टराइले समायोजनका लागि व्यवहारिक कठिनाई उत्पन्न नहोस भनेर विशेष समिति गठन गरिएको बताउनुभयो । विशेष समितिमा कुनै पार्टीलाई बाहिर राख्ने पक्षमा सरकार नरहेको बताउँदै उहाँले विशेष समितिलाई पुनर्गठन गरिने जानकारी दिनुभयो । विनियोजन बजेट अन्तर्गत आज शिक्षा, समान्य प्रशासन, स्वास्थ्य तथा जनसंख्या, पर्यटन तथा नागरीक उड्डयन, युवा तथा खेलकुद मन्त्रलयका लागि छुट्याइएको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले क्रमैसँग सदनमै उपस्थित भएर दिने जनाइएको छ ।

No comments: