News

Nov 8, 2008

सञ्चारमाध्यमहरु आफूबिरुद्ध खनिएको - परमानन्द झा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपराष्ट्रपति परमानन्द झाले सञ्चारमाध्यमहरु आफूबिरुद्ध खनिएको आरोप लगाउनुभएको छ । आफू स्वतन्त्र प्रेस र मानवअधिकारको पक्षमा रहे पनि सञ्चारमाध्यमहरुले आफ्नाविरुद्ध समाचार प्रकाशन र प्रशारण गरेको उहाँको भनाइ थियो । विराटनगरमा शनिबार भएको भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो ।उपराष्ट्रति झाले मधेसीका माग पुरा नभएसम्म मुलुकमा दिगो शान्ति स्थापना नहुने बताउनुभयो । मधेशी बुद्धिजीवीहरुसँग भएको भेटमा उपराष्ट्रपति झाले मधेसलाई हेर्ने राज्यको दृष्टिकोणमा अझै परिवर्तन नआएकामा गुनासो गर्नुभयो । एक अर्को प्रसंगमा उहाँले दलीय स्वार्थका लागि, मानवअधिकार नै हनन हुने गरी हृवीप जारी गर्न नहुने बताउनुभयो ।

No comments: