News

Nov 8, 2008

जनताले साथ दिए निर्धारित समयभित्रै संविधान लेखन पुरा हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले साथ दिए निर्धारित समयभित्रै संविधान लेखन पुरा हुने बताउनुभएको छ । संविधान लेखन, विकास निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु अहिलेको मुख्य चुनौती भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सरकार र जनाताको एकताले त्यो सम्भब रहेको बताउनुभयो । संविधानमा संघीयताको सुनिश्चितता हुन नदिन बिभिन्न तत्वले बाधा पुर्‍याइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले इतिहासलाई पछि पार्नेबिरुद्ध एक हुन सबैलाई आग्रह गर्नुभयो । राजधानीको कालिमाटीमा कविकेशरी चित्तधर हृदयको शालिकको अनावरण गर्दै प्रधानमन्त्री प्रचण्डले विकास निर्माणलाई गति दिन राष्ट्रिय संकल्पको खाँचो औल्याउनुभयो । उहाँले सबैको सहयोग भए, आगामी दुइ बर्षभित्र शान्त, समृद्ध र संघीय लोकतान्त्रिक नेपालको निर्माण गर्न सकिने धारणा राख्नुभयो । प्रधानमन्त्री प्रचण्डले स्वायत्त नेवार राज्यका लागि राजधानीका नेवार समुदायले अझै आन्दोलन गर्नुपर्ने बताउनुभयो ।

No comments: