News

Nov 5, 2008

सेना समायोजन समितिले गर्ने निर्णय अमान्य हुने - शेरबहादुर देउवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाले काङ्ग्रेस सहभागी नभएको सेना समायोजन विशेष समितिले गर्ने निर्णय काङ्ग्रेसका लागि अमान्य हुने बताउनुभएको छ । नेपाल प्रेस युनियनद्वारा आज बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता देउवाले यस्तो बताउनुभएको हो ।प्रमुख राजनीतिक दलहरुको सहमतिबिना सेना समायोजन विशेष समिति गठन गरिएको आरोप समेत उहाँ लगाउनुभयो । काङ्ग्रेस समितिमा जान चाहने भए पनि सरकारको नेतृत्वले ल्याउन नचाहेको आरोप देउवाको थियो ।माओवादी सेना समायोजनका सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले मापदण्डमा पर्नेबाहेक अरु कसैलाई पनि लान हुँदैन भन्नुभयो । उहाँले केही देशका राजदूत फिर्ता बोलाउन गरिएको तयारीले सरकारले सहमतिको राजनीति भङ्ग गरेको स्पष्ट हुन्छ भन्नुभयो । अधिनायकवाद विरुद्ध जागरण फैलाउने उद्देश्यले काङ्ग्रेसले जनजागरण अभियान सुरु गरेको उहाँले उल्लेख गर्नुभयो । दुइ दिनदेखि सुदूरपश्चिमका बाढी तथा डुबान प्रभावित क्षेत्रको भ्रमणमा रहनुभएका नेता देउवाले बाढी र डुबानपीडितको राहत तथा पुनस्थापनाको काममा विश्व खाद्य कार्यक्रम र नेपाल रेडक्रस सोसाइटीबाहेक अरु कसैले काम गर्न नसकेको बताउनुभयो ।

No comments: