News

Nov 5, 2008

सभासद्को नक्कली हस्ताक्षर गरेर राहदानी लिने धन्दा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजधानीको जिल्ला प्रशासन कार्यालयबाटै सभासद्को नक्कली हस्ताक्षर गरेर राहदानी लिने धन्दा चल्ने गरेको रहस्य खुल्न आएको छ। सभासद्हरू पनि कार्यकर्तालाई राहदानी सिफारिस गर्न मै व्यस्त देखिएका छन्। सिंहदरबारको पर्खालछेउमै रहेको काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरमा दिनभरि अड्डा जमाउने दलालहरूले र्सवसाधारणसँग जिल्ला गएर राहदानी (पासपोर्ट) बनाउन लाग्ने खर्च लिएर सभासद्को नक्कली हस्ताक्षर गर्ने गरेको पाइएको छ। तर, ती दलालहरू अहिलेसम्म कोही पनि समातिएका छैनन्।सभासद्को सिफारिस भएमा आफनो गृह जिल्ला नगई काठमाडौंबाटै राहदानी दिन सकिने सुविधा सरकारले दिएपछि दलालहरूले सभासद्को नक्कली हस्ताक्षर गर्न थालेका हुन्। त्यस्तो नक्कली हस्ताक्षरको फर्म संसद् सचिवालयमा पुगेको र हालै केही र्फमहरू बरामद गरिएको थाहा भएको छ।संसद् सचिवालयस्रोतका अनुसार केही दिन अघि र यसै हप्ता गरी माओवादीका सभासद् तेजबहादुर मिजार, खुसीराम पाख्रिन, एमाले सभासद् डम्बरसिंह सम्बाहाम्फे, माओवादीकै शरदसिं भण्डारी र पूर्ण र्राईको नक्कली हस्ताक्षर गरिएको राहदानी फर्म’ सचिवालयले कब्जा गरेको छ। ती सभासद्लाई भने आफनो हस्ताक्षर नक्कल गरेका बारे कुनै जानकारी छैन।सभासद्को नक्कली हस्ताक्षर हुने गरेकाले सचिवालयले पनि सभासद्को हस्ताक्षर कपी साथमा राखेर सभासद्द्वारा नै सिफारिस भई आएका राहदानी फर्मलाई प्रमाणित गर्ने व्यवस्था गरेको छ। सचिवालयका अधिकृत बालकृष्ण सुवालको नेतृत्वमा दिनेश खड्का र आलोक थापासहितको टोली बिहान १० देखि ५ बजेसम्म राहदानी फर्म प्रमाणीकरण गर्न खटिएको छ। दलालहरूले प्रतिव्यक्ति राहदानी बनाइदिएबापत १० देखि २० हजार रुपियाँसम्म लिने गरेको थाहा भएको छ।ती दलालहरू जिल्ला प्रशासन कार्यालय र कतिपय परराष्ट्र मन्त्रालयको मूलद्वारमा समेत बस्ने गरेका छन्। गाउँ जाने आउने र बस्ने खर्च एवम् कम्तीमा एक हप्ता समय पनि लाग्ने र त्यति गर्दा पनि राहदानी बन्छ नै भन्ने ग्यारेन्टी नहुने हुँदा र्सवसाधारण गाउँ गएर दुःख गर्नुभन्दा यहीँ दलाललाई रकम बुझाउन नै आकषिर्त पाइएका छन्।सचिवालयस्रोतका अनुसार दुइ महिनायता ५ हजारभन्दा बढीले सभासद्को सिफारिसमा राहदानी बनाइसकेका छन्। एकै दिन एक सयभन्दा बढी सभासद्को सिफारिस भएका फर्महरू लिएर कार्यकर्ता सिंहदरबार पुग्ने गरेका छन्। एकैदिन एक सभासद्ले १५ जनासम्मको राहदानी फर्ममा हस्ताक्षर गरी सिफारिस गरेको कुरा सचिवालयको रेकर्डमा देखिन्छ। माओवादीकी सभासद् जयपुरी र्घर्तीको सिफारिस भएका फर्महरू १५ वटा एकै दिन दर्ता भई प्रमाणित गरिएको छ।९० प्रतिशत सभासद्ले आफना कार्यकर्ताको सिफारिस गरेका छन् भने सबैभन्दा बढी सिफारिस गर्ने माओवादीका भएको बताइएको छ। पहिले सभासद्ले सीमित व्यक्तिलाई त्यो पनि जिल्ला जानै नसक्ने र तत्काल आवश्यक पर्नेलाई सिफारिस गर्ने गरिन्थ्यो भने अहिले एउटै सभासद्ले जति जनालाई सिफारिस गरे पनि हुने व्यवस्था गरिएको छ। यसरी सभासद्को सिफारिसमा राहदानी बनाउने र विदेश जाने प्रक्रिया प्रारम्भ गर्ने क्रम तीव्र भएको छ।

No comments: