News

Nov 4, 2008

पूर्वमा पेट्रोलको बिक्री वितरण बन्द गर्न आहृवान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पेट्रोलियम डिलर्स एशोसिएसनको आहृवानमा पूर्वाञ्चलका पेट्रोल बिक्रेताहरुले आज मंगलबार बिहानैबाट पेट्रोल बिक्री वितरण बन्द गरेका छन् । मिसावटयुक्त पेट्रोलका कारण मोटरसाइकलहरुमा समस्या आएपछि पूर्वमा पेट्रोलको बिक्री वितरण बन्द गर्न आहृवान गरिएको पेट्रोलियम डिलर्स एशोसिएसन कोसीका सदस्य सचिव गुणराज निरौलाले जानकारी दिनुभयो ।उहाँका अनुसार हिजो सोमबार साँझ बसेको एशोसिएसनको बैठकले सम्पूर्ण व्यवसायीहरुलाई निगमबाट पेट्रोल खरिद नगर्न र भएको पेट्रोल नबेच्न निर्देशन पनि दिएको छ । एसोसिएसनले मिसावटका विषयमा सरकारी छानविन टोलीले प्रतिवेदन सार्वजनिक गरी मिसावटका विषयमा प्रष्ट नपारेसम्म पेट्रोल बिक्री वितरण नगर्ने चेतावनी पनि दिएको छ ।

No comments: