News

Nov 4, 2008

वैदेशिक रोजगारीमा नेपाली महिलाहरुको सङ्ख्यामा वृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विगतको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपाली महिलाहरुको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले महिलाहरुलाई पनि वैदेशिक रोजगारीमा जाने व्यवस्था गरेपछि व्यक्तिगत तथा संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्यामा वृद्धि भएको हो । श्रम तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार आर्थिक वर्ष २०६१-०६२ को तुलनामा आर्थिक वर्ष ०६३-०६४ मा धेरै महिला वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०६१-०६२ मा व्यक्तिगत रुपमा ३३७ अर्थात् १५ प्रतिशत महिला वैदेशिक रोजगारीका लागि बाहिरिएका थिए भने ०६३-०६४ मा दुइ हजार २९६ अर्थात् ४७.४७ प्रतिशत महिला वैदेशिक रोजगारीमा गएका थिए । श्रम तथा यातायात व्यवस्था मन्त्रालयले वैदेशिक रोजगारीमा जाने जम्मा सङ्ख्याको पाँच प्रतिशत महिला हुनुपर्ने व्यवस्था गरे पनि संस्थागत रुपमा वैदेशिक रोजगारमा गएकाले यस्तो नियम पालना नगरेको बताइएको छ । तर यसरी बाहिरिने महिलाहरुमध्ये धेरैजसो सोही देशमा बेचिने गरेको तथा जाँदाजाँदै अलपत्र पर्ने गरेको रोजगारबाट फर्किएका महिलाहरुले बताएका छन् ।

No comments: