News

Nov 4, 2008

थारुहट सेना गठन गरी सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थारुहट स्वायत्त राज्य परिषदले कैलालीमा पहिलोपटक थारुहट सेना गठन गरी सार्वजनिक गरेको छ । नेकपा माओवादीबाट बिद्रोह गरेका लक्ष्मण थारु रोशन अध्यक्ष रहेको थरुहट स्वायत्त राज्य परिषदले २०६५ कात्तिक ९ गते धनगढीको ओम प्यालेसमा "राष्ट्रिय मुक्ति आन्दोलनमा लामबद्ध बनौं, संयुक्त आदिबासी बिद्रोह सफल पारौं, संघीय नेपालमा थरुहट स्वायत्त राज्य कायम गरौं" भन्ने मूलनाराका साथ भेला समेत गरेको थियो ।कार्यक्रममा अध्यक्ष थारुले थरुहटका जल, जमिन र जंगलमा थारुहरुको अधिकार रहेकोले यदि कसैले अब थारुहरुलाई यसबाट अलग गर्ने प्रयास गर्छ वा भूमिपुत्रमाथि अन्याय अत्याचार गर्छ भने थरुहट मुक्ति सेनाले जे पनि गर्नसक्ने चेतावनी दिए । उनले थारुहरुको अब कुनै पनि दलमा बिश्वास नरहेको र थरुहटका हरेक निकायका प्रमुख थारु हुनुपर्ने र अन्य पदहरु समानुपातिक समावेशीको आधारमा थरुहट स्वायत्त राज्य परिषदले बाँडफाँड गर्ने कुरा पनि जानकारी गराएका थिए ।

No comments: