News

Nov 4, 2008

भारतीय उच्च प्राविधिक टोली काठमाडौँ आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसी डुबान समस्याको दीर्घकालिन समाधानका विषयमा छलफल गर्न भारतीय उच्च प्राविधिक टोली आज मंगलबार काठमाडौँ आउने भएको छ । गत असोज १५ गते काठमाडौमा दुइ देशका जलस्रोत सचिवको बैठकमा भएको सहमति अनुसार काम अगाडि बढाउन टोली नेपाल आउन लागेको जनश्रोत मन्त्रालयले जनाएको छ ।भारतीय केन्द्रिय जल आयोगका अध्यक्ष एके बजाजको नेतृत्वमा नेपाल आउने टोली र नेपाली टोलीले संयुक्त रुपमा भोलि बुधबारदेखि दुइ दिनसम्म कोसी बाँधको स्थलगत अध्ययन गर्ने जनाइएको छ । जलस्रोत मन्त्रालयका सहसचिव शितलबावु रेग्मीका अनुसार भारतीय टोलीले शुक्रबार जलस्रोत सचिव शंकर कोइरालासहितका अधिकारीस“ग बाँध पुनर्निमाणबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।छलफलका क्रममा नेपाली पक्षले १९६० को डिजाइन अनुसार नै कोसी वाँधको पुनर्निमाण गर्न आग्रह गर्ने जनाइएको छ । यसैबीच केही दिनअघिदेखि खनिएको पाइलट च्यानल काम नलाग्ने भएपछि कोसी नदीलाई पुरानै धारतर्फ फर्काउन गरिएको असफल भएको छ ।कोसी नदीमा पानी निरन्तर घट्दै गएको र च्यानलमा पुन बालुवा भरिएपछि नदीलाई ब्यारेजतर्फ फर्काउने सपना चकनाचुर भएको प्राविधिकहरुले बताएका छन् । पाइलट च्यानलको असफलतासँगै कोसी नदीले भत्काएको तटबन्ध तथा पूर्वपश्चिम राजमार्ग मर्मतको काम समेत सुचारु हुन नसक्ने भएको छ । बालुवा झिक्न भारतीय ठेकेदारले ल्याएको ड्रेजर मेसिन दुइ साता बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको जनाइएको छ ।

No comments: