News

Mar 2, 2009

श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षे काठमाडौंमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तीन दिने राजकीय भ्रमणका क्रममा श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षे आज काठमाडौं आइपुग्नुभएको छ । नेपालमा गणतन्त्र स्थापना भएपछि नेपाल आउने पहिलो राष्ट्रप्रमुख राजापाक्षे सोमबार विहान ११:३० बजे काठमाडौं आउनुभएको हो । श्रीलंकाली विषेश विमानबाट आउनुभएका उहाँलाई परराष्ट्रमन्त्री उपेन्द्र यादवले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । राष्ट्रपति राजापाक्षेलाई त्रिभुवन विमानस्थलबाट कारगेड सवारीका साथ सिधै होटल सोल्टी पुर्‍याइएको थियो ।राष्ट्रपति डा रामबरण यादवको निमन्त्रणमा आउनुभएका राजापाक्षेलाई राष्ट्रपति डा. यादवले राष्ट्रपति कार्यालय शितल निवासमा आजै अपरान्ह विशेष स्वागत गर्ने कार्यक्रम छ । राजापक्षेले राष्ट्रपति डा. यादवसंग शिष्टाचार भेट गरेपछि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुईपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति राजापाक्षेसँग सोमबारनै प्रधानमन्त्री प्रचण्ड र अन्य मन्त्रीहरुले भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । राजापाक्षेले प्रतिपक्षी नेता गिरिजाप्रसाद कोईराला, एमाले अध्यक्ष झलनाथ खनाल र पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा लगायतसँग भेट्ने कार्यक्रम छ । राजधानीको होटल सोल्टीमा बस्नुहुने राष्ट्रपतिको सुरक्षार्थ नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई जिम्मा दिईइको छ । उहाँको सुरक्षार्थ एक हजार पाँचसय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

No comments: