News

Mar 2, 2009

तीनहजार जनालाई सेना भर्नासम्बन्धी बहस जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली सेनामा करिब तीनहजार जनालाई नयाँ भर्ना लिइएको सम्बन्धमा परेको रिट निवेदनमा सर्वोच्च अदालतमा आइतबार भएको बहस नसकिएकाले मङ्गलबार पुनः गरिने भएको छ ।न्यायाधीशद्वय बलराम केसी र अवधेशकुमार यादवको संयुक्त इजलासमा आइतबार कानुन व्यवसायीको बहस नसकिएकाले पुनः मंगलबारका लागि हेर्दाहेर्दैमा (प्राथमिकतामा) राखिएको हो ।आइतबारको बहसमा रिट निवेदकका तर्फबाट कानुनव्यवसायीहरूले विगतमा सरकार तथा विद्रोही माओवादीतर्फबाट भएको शान्ति सम्झौता संविधानको अङ्ग भएकाले सो सम्झौताविपरीत नेपाली सेनामा गरिएको भर्ना प्रक्रिया बदर हुनुपर्ने र अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने माग गरेका थिए ।सरकारी पक्षका कानुन व्यवसायीले भने नेपाली सेनामा गरिएको भर्ना नयाँ नभई नियमित प्रक्रियाबमोजिम रिक्त दरवन्दीमात्र पूर्ति गरिएको, रिट निवेदन पर्नुअघि नै छानिएका सेनालाई भर्ना गरी तालिममा समेत पठाइसकिएकाले अन्तरिम आदेश जारी गरी रोक्न नमिल्ने माग गरेका थिए ।

No comments: