News

Mar 1, 2009

यौनसम्पर्क गर्दागर्दै यौनकर्मी महिलाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यौनसम्पर्क गर्दागर्दै एक यौनकर्मी महिलाको शनिबार मृत्यु भएको छ । सुनसरी इटहरी-१ मा रहेको भिआइपी गेस्टहाउसमा व्यापारी अर्जुन महतोसँग यौनसम्पर्क गर्दागर्दै मोरङ बेलबारीकी २२ वर्षीया कमला थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शान्तिराज कोइरालाका अनुसार भारतको मोतियारी घर भई झापाको बिर्तामोडमा व्यापार गर्दै आएका महतोसँग रातभरि यौनसम्पर्क गरेकी थापाको बिहान ५ बजे ज्यान गएको हो । प्रहरीले व्यापारी महतोलाई पक्राउ गरी अनुसन्धान थालेको छ । थापाले आफूलाई टेलिफोन गरी इटहरी बोलाएको महतोले प्रहरीसमक्ष दिएको बयानमा बताएका छन् । इटहरीमा थापाले तीन/चारवटा होटलमा छिरेर मदिरा सेवन गरेको र मदिराको पैसा आफैंले तिरिदिएको महतोले प्रहरीसमक्ष बताएका छन् । मदिरा पिएपछि राति १० बजेतिर सो गेस्टहाउसको १ सय १२ नम्बरको कोठा बुक गरेर दुवैजना एउटै कोठामा बसेका थिए । सोही कोठामा रातभरि यौनसम्पर्क गरेको र बिहान ३ बजेदेखि थापाले निरन्तर बान्ता गर्न थालेको महतोले प्रहरीलाई बताएका छन् । उल्टी गर्दागर्दै बिहान ५ बजे थापा बेहोस भएपछि महतोले गेस्टहाउस सञ्चालकलाई खबर गरेका थिए । थापालाई औषधी किन्न भन्दै महतो बाहिर निस्किएपछि गेस्टहाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । जब महतो औषधी लिएर गेस्टहाउस फर्किए र त्यति नै वेला पुगेको प्रहरीले उनलाई पक्राउ गरेको थियो । थापाको भने स्थानीय सामुदायिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय इटहरी मुद्दाफाँटका प्रहरी नायव निरीक्षक दिनेश अधिकारीले बताए । उनले थापा लामो समयदेखि इटहरीमा बसेर यौनपेसा गर्दै आएको बताए ।मृतक थापाको शरीरमा पूरै मदिरा गन्हाएको थियो । प्रारम्भिक अनुसन्धानमा महतोले कर्तव्य गरी थापाको ज्यान लिएको नदेखिएको र यौनसम्पर्क र अत्यधिक मदिरासेवनकै कारण उनको ज्यान गएको अनुमान प्रहरी अधिकारीले गरेका छन् ।

No comments: