News

Mar 4, 2009

गाडीभाडा समायोजनले भाडा दर घट्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले बुधबार गाडीभाडा समायोजन गरेको छ । श्रम तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीचको छलफलबाट निर्धारण गरिएको वैज्ञानिक भाडादर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले काठमाण्डौमा आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
तराई रुटमा चल्ने लामो दुरीका गाडीमा प्रति किलोमिटर १ रुपैया १८ पैसाका दरले भाडा घटाइएको छ । त्यस्तै २ सय ५० किलोमिटरसम्म चल्ने सवारी साधनमा प्रतिकिलोमिटर १ रुपैयाँ २५ पैसाका दरले भाडा समायोजन गरिएको छ ।यसैगरी पहाडी वाटोमा एक रुपिया ६० पैसा र सुगम पहाडी क्षेत्रमा एक रुपिया ३३ पैसा भडा घटाइएको छ । छोटो दुरीमा हरेक तीन किलोमिटरमा नौ रुपैयाँ भाडा दर कायम गरिएको छ ।समायोजन गरेको भाडादर अनुसार काठमाण्डौ चक्रपथबाट ४ किलोमिटर वाहिर र भित्र ३ किलोमिटरमा ९ रुपैंया, र चक्रपथको हकमा २५ किलोमिटरसम्म १८ रुपैंया भाडादर कायम गरिएको छ ।

No comments: