News

Mar 4, 2009

सुदूर पश्चिमाञ्चलमा विश्वविद्यालय खोल्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले सुदूर पश्चिमाञ्चलमा विश्वविद्यालय खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज सिंहदरवारमा बसेको बैठकले सो निर्णय गरेको हो । विश्वविद्यालय खोल्न अरु क्षेत्रबाट पनि आएका प्रस्तावहरुलाई क्रमिक रुपमा प्रक्रियामा लगेर निर्णय गर्ने बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले पत्रकारहरुलाई बताउनुभयो ।सरकारले कुनै पनि आदिवासीलाई मधेशीमा सुचिकृत नगरेको बताउँदै प्रवक्ता महराले आदिवासी, जनजाति र अरु समुदायसाग सहमति गरेर मात्र सोसम्बन्धी निर्णय गरिने उल्लेख गर्नुभयो । मन्त्रिपरिषद्को आजको बैठकले उच्चस्तरीय सूचना प्रविधि आयोग विगठन गर्नुका साथै उद्योग नीति र पर्यटन नीतिलाई सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।यसैबीच यसैबीच सुदूरपश्चिममा बिश्वविद्यालय खोल्नु पर्नै माग सहित शुरु प्रदर्शनका कारण तनाव बढेपछि कञ्चनपुरमा लगाइएको अनिश्चितकालीन कर्फ्यु बिहान साढे दश बजेबाट हटेको छ ।

No comments: