News

Mar 5, 2009

सिराहाको लाहनमा अनिश्चितकालीन कर्फ्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिराहाको लाहन नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।अपरान्ह १२ बजेदेखि लागु हुने गरी स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । थारू समुदायलाई मधेसीमा सूचिकृत गरेको भन्दै थारू समुदायले गरेको आन्दोलनमा विवाद हुँदा लाहान क्षेत्रमा बिहानदेखि तनाव उत्पन्न भएको थियो ।संविधानसभाको लागि जनमत सङ्कलन गर्न सिरहाको भदैया गाविस पुगेको सभासद्हरू चढेको गाडीमाथि थारू काल्याणकारिणी सभाका कार्यकर्ताले बुधबार आक्रमण गरेको भन्दै मधेसी समुदाय विरोधमा उत्रिएपछि विवाद उत्पन्न भएको हो ।

No comments: