News

Mar 4, 2009

वेलायतमा अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता

लिम्वूवान डट व्लगस्पोट डटकम,वेलायत
गत फागुन १८ र १९ गते वेलायतको एमेच्यर मार्सल आर्ट एसोसिएसनले आयोजना गरेको एघारौ एएमए अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता सेफिल्डको पोण्ड फोर्ज इन्टरनेशनल स्पोर्ट सेन्टरमा सम्पन्न भयो। विश्वका विभिन्न २२ राष्ट्रका ४ सय खेलाडिको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालले प्रथम पटक सहभागिता जनायो। नेपाल कराँते महासंघबाट प्रशिक्षक दिपक श्रेष्ठको नेतृत्वमा दुई खेलाडी कुशल श्रेष्ठ र तारा गुरुङले सहभागिता जनाउनु भएको थियो। ३८ जना प्रतिस्पर्धी रहेको – ६७ के. जी. तौल समुहका प्रतिस्पर्धी कुशल श्रेष्ठले पहिलो खेलमा इङल्याण्डलाई ८ – ० को अन्तरले टेक्निकल नकआउट गर्न सफल भयो र दोस्रो खेलमा इरानलाई ३ – ० ले पराजित गरेका थिए भने क्वाटर फाइनल खेलमा पेनाल्टि पाएर आयोजक राष्ट्र संग प्रतिस्पर्धा खेलमा पराजय ब्यहोर्नु पर्‍यो। अर्को –६१ के. जी. तौल समुहमा नेपालकी तारा गुरुङले प्रतिस्पर्धात्मक खेलमा इरान संग ० – १ को अन्तरले पराजित भएकी थिइन्। पहिलो पटक आमन्त्रित खेलको निमित्त नेपालबाट वेलायतमा आएर सहभागि हुन समस्या परेको कुरा प्रशिक्षक दिपक श्रेष्ठले बताउनु भयो। वेलायतमा रहेका विभिन्न संघसंस्था मध्ये धनकुटा प्रतिभा पुरस्कार कोष, सगरमाथा गोर्खा नेपलिज कम्युनिटी, प्रवासी नेपाली साहित्य समाज प्रभात लगायत विभिन्न ब्यक्तिहरुले देशको प्रतिष्ठाको लागि सहयोग गरेका थिए। प्रतियोगिताको लागि नेपाली टिमको नेतृत्व वेलायतबाटै विश्वास दीप तिगेलाले गरेका थिए भने डिल्लीकुमार राई, दिलिप लिम्बू, सल गुरुङ, धनबहादुर लिम्बू र पहल गुरुङको विशेष सहयोग रहेको थियो।

No comments: