News

Mar 7, 2009

थारु समुदायले सरकारसँग वार्तामा बस्न अस्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आन्दोलनमा दमन भइरहेको भन्दै थारु समुदायले सरकारसँग वार्तामा बस्न अस्वीकार गरेका छन् ।
बिहानैदेखि प्रधानमन्त्री प्रचण्डको सक्रियतामा वार्ताको पहल भएपनि गृहमन्त्रीले बल प्रयोगको चेतावनी दिएको भन्दै आन्दोलनरत समुदाय वार्तामा नबस्ने बताएको हो । प्रधानमन्त्री प्रचण्डले बिहान संयुक्त थरुहट संर्घष समितिका संयोजक लक्ष्मण थारुलाई टेलिफोन गरेर वार्तामा बस्न बोलाउनुभएको थियो ।
तर थारु समुदाय सहित अरु आदिवासी जनजाति संघसंस्थाका प्रतिनिधीबीच आन्तरिक छलफल भएपछि आन्दोलनमा सरकारी दमन नरोकिएसम्म वार्तामा नजाने निर्णयभएको छ ।गृहमन्त्रालयले हिजो आन्दोलन नरोके बल प्रयोग गर्ने चेतावनी सहित बिज्ञप्ती जारी गरेकोमा उनीहरुले कडा आपत्ति जनाएका छन् । लामो समयदेखिको बन्दले तराइको जनजीवन अस्तब्यस्त बनेको छ ।

No comments: