News

Mar 9, 2009

अदालतले माओवादी सैन्य भर्ती रोक्न आदेश जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वोच्च अदालतले माओवादी सैन्य भर्ती प्रक्रिया तत्काल रोक्न सरकारका नाममा आइतबार अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलासले निवेदकको रिटमाथि अन्तिम टुंगो नलागेसम्म भर्ना प्रक्रिया रोक्न प्रधानमन्त्री र सेना समायोजन विशेष समितिका नाममा यस्तो आदेश जारी गरेको हो । माओवादी सैन्य भर्ना प्रक्रिया शान्ति सम्झौता विपरित भएको दाबी सहित इन्हुरेड इन्टरनेशनलको तर्फबाट अधिबक्ता श्रीकृष्ण सुवेदीले गत बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री, सेना समायोजन विशेष समिति लगायतलाई बिपक्षी बनाइ माओबादी सैन्य भर्ना प्रक्रिया तत्काल रोक्न माग गरिएको छ । यसअघि नेपाली सेनाले गरेको भर्ना प्रक्रिया पनि शान्ति सम्झौता विपरित भएको दाबी सहित अधिबक्ता सुवेदीले सर्वोच्चमा दायर गरेको रिट बिचाराधीन छ ।

No comments: