News

Mar 7, 2009

संघीय लिम्बुवान राज्य परिषदको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,फेदेन, पान्थर
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन यही मिति २०६५ फागुन १८, १९ र २० गते फेदेन, पान्थर लिम्बुवानमा सम्पन्न भएको छ । यस सम्मेलनबाट राजनीतिक प्रतिवेदनहरु प्रस्तुत भई समूहगत रुपमा व्यापक छलफल र बहसपश्चात केही थपघटसहित पारित गरियो । यसैगरी, परिषदको संशोधनका लागि प्रस्तावित विधानलाई पनि थप संशोधन गरी पारित गरियो । साथै, विभिन्न स्वायत्त परिषदहरुका प्रतिवेदन, जिल्लाका प्रतिवेदनहरु र महिलासँग सम्बन्धित प्रतिवेदनहरु समेत आवश्यक संशोधनसहित पारित गरिएको छ । सम्मेलनको बन्द सत्र सञ्चालनका लागि मञ्चका अध्यक्ष श्री डी के बुद्धिष्ट तामाङज्युको अध्यक्षतामा खम्बुवानका अध्यक्ष इन्द्रहाङ खम्बू, सल्लाहकार जितेन्द्रराज चेम्जोङ, र कार्यवाहक महासचिव खगेन्द्र माखिम सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो । साथै, सम्मेलनको पारित विधान र सम्मेलन तथा बन्द सत्रमा सम्पन्न गरिने पक्रिया अनुसार केन्द्रीय कार्य समितिको लोकतान्त्रिक विधि अनुसार नयाँ नेतृत्व चयन गर्नका निमित्त निम्नानुसारको ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।
निर्वाचन प्रमुखः डीके बुद्धिष्ट
निर्वाचन सदस्यः इन्द्रहाङ खम्बू
निर्वाचन सदस्यः दगेन्द्र माखिम
उपरोत्त निर्वाचन मण्डलले मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनबाट निम्नानुसारको नयाँ केन्द्रीय कार्य समितिको चयन गरिएको छ । साथै, सो सम्मेलनले निर्वाचित गरेका परिषदका राज्य समिति, वैकल्पिक केन्द्रीय सदस्य, राष्ट्रिय पार्सद सदस्य र जिल्ला अध्यक्षहरुसहितको उपस्थितिमा २०६५ फागुन २१ गते पान्थर फेदेनमा प्रथम पूर्ण बैठक नव निर्वाचित अध्यक्ष कुमार लिङदेन 'मिराक'को अध्यक्षतामा बसी भएका निर्णयहरुसमेत यसै जानकारी वा परिपत्रमा समावेश गरिएको छ ।
लिम्बुवानको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनले चयन गरेका नवनिर्वाचित नेतृत्वहरुः
१. अध्यक्षः कुमार लिङदेन 'मिराक'
२. प्रथम उपाध्यक्षः ज्ञानबहादुर गुरुङ
३. द्वितीय उपाध्यक्षः ज्ञानुहाङ इम्बुङ
४. प्रथम महासचिवः सूर्य माखिम
५. द्वितीय महासचिवः लासिम पालुङवा
६. तृतीय महासचिवः फक्ताङलुङ योङहाङ
७. अर्थ सचिवः सुरेन्द्र निङलकू नोनाम
८. सचिवालय सदस्यः देउबहादुर खुदाङ
९. सचिवालय सदस्यः बाङगाइ धिमाल
१०. सचिवालय सदस्यः विसेन्द्र चेम्जोङ
११. सचिवालय सदस्यः डी बी आङबुङ
१२. सचिवालय सदस्यः मुक्कुम नेम्बाङ
१३. सचिवालय सदस्यः चन्द्र साँवा
१४. सचिवालय सदस्यः थाङसाङ लावती
१५. सचिवालय सदस्यः लोकसागर साम्बा
१६. सचिवालय सदस्यः शान्ता योङहाङ
१७. सचिवालय सदस्यः लक्ष्मी माबो
१८. सचिवालय सदस्यः प्रेमदीप थाम्सुहाङ
१९. केन्दीय सदस्यः लोकेन्द्र तिगेला
२०. केन्दीय सदस्यः चन्द्रसिङ नेम्बाङ
२१. केन्दीय सदस्यः कीर्तिमान मादेन
२२. केन्दीय सदस्यः नविन पोमो
२३. केन्दीय सदस्यः काजीमान ओख्राबो
२४. केन्दीय सदस्यः दिलकुमार फोम्बो
२५. केन्दीय सदस्यः अशोक चेम्जोङ
२६. केन्दीय सदस्यः तेन्धङहाङ मिभक
२७. केन्दीय सदस्यः डम्बर रार्इ
२८. केन्दीय सदस्यः हरि श्रेष्ठ
२९. केन्दीय सदस्यः मित्र लिङदेन
३०. केन्दीय सदस्यः बीक्रम चेम्जोङ
३१. केन्दीय सदस्यः चन्द्रा नेम्बाङ
३३. केन्दीय सदस्यः यलम्बर खम्बू
३४. केन्दीय सदस्यः गंगालाल सेने लिम्बू
३४. केन्दीय सदस्यः शंकरमान लिम्बू
३५. केन्दीय सदस्यः कालीबहादुर खेवाङ
३६. केन्दीय सदस्यः लाहानसिङ तुम्बापो
३७. केन्दीय सदस्यः सूर्य लोवा
३८. केन्दीय सदस्यः अमृता थेबे
३९. केन्दीय सदस्यः निर्मला लिम्बू
४०. केन्दीय सदस्यः सुनिता केरुङ
४१. केन्दीय सदस्यः प्रकाश रार्इ
४२. केन्दीय सदस्यः ज्ञानेन्द्र माखिम
४३. केन्दीय सदस्यः इन्द्रकुमार श्रेष्ठ
४४. केन्दीय सदस्यः डुपछिरिङ लाप्चा
४५. केन्दीय सदस्यः निङलाहाङ याक्खा
४६. केन्दीय सदस्यः रत्न थाम्सुहाङ
४७. केन्दीय सदस्यः नेत्र ढकाल
४८. केन्दीय सदस्यः कृष्ण तुम्बाहाम्फे
४९. वेकल्पिक के. सदस्यः सागर मगर
५०. वेकल्पिक के. सदस्यः चौकिदार तामाङ
५१. वेकल्पिक के. सदस्यः सीता नेम्बाङ
५२. वेकल्पिक के. सदस्यः संगम खनाल
५३. वेकल्पिक के. सदस्यः धनराज सुब्बा
५४. राष्ट्रिय पार्सद सदस्यः मैनु आठपहरिया
५५. राष्ट्रिय पार्सद सदस्यः सुस्मा कन्दङवा
५६. राष्ट्रिय पार्सद सदस्यः सञ्जु मादेन
५७. राष्ट्रिय पार्सद सदस्यः सेमिमा तुम्बाहाम्फे
५८. राष्ट्रिय पार्सद सदस्यः मनु लिम्बू नाम्सा
५९. राष्ट्रिय पार्सद सदस्यः इन्द्रकुमारी लिम्बू
६०. राष्ट्रिय पार्सद सदस्यः प्रेम धिमिरे
६१. राष्ट्रिय पार्सद सदस्यः भिम सुनुवार
६२. राष्ट्रिय पार्सद सदस्यः इन्द्र रसाइली
६३. राष्ट्रिय पार्सद सदस्यः शेर्पादावा छिरिङ
६४. राष्ट्रिय पार्सद सदस्यः रामबहादुर माबो
६५. राष्ट्रिय पार्सद सदस्यः पूर्ण इङनाम
६६. राष्ट्रिय पार्सद सदस्यः देउकुमार लिम्बू
६७. राष्ट्रिय पार्सद सदस्यः नेत्र थाम्देन
६८. राष्ट्रिय पार्सद सदस्यः नारायण नेयाङ
६९. राष्ट्रिय पार्सद सदस्यः कुलप्रसाद साँवा
७०. राष्ट्रिय पार्सद सदस्यः इन्द्र थेबे
७१. राष्ट्रिय पार्सद सदस्यः देउकुमार माबो
७२. राष्ट्रिय पार्सद सदस्यः डम्बर पोमू
७३. राष्ट्रिय पार्सद सदस्यः देउकुमार थेबे
७४. राष्ट्रिय पार्सद सदस्यः तिर्थ बेघा
उपरोक्त नवनिर्वाचित केन्द्रीय/राज्य कार्य समितिलाई पारित विधान अनुसार सांगठनिक पद तथा गोपनीयताको सपथ ग्रहण गराउन फागुन २१ गते बिहान लिम्बुवानको ऐतिहासिक स्थल पान्थरको फेदेनस्थित सुम्जिरी सुम्हा?लुङ आम्बे पोजो-मामा उपस्थित गराइको थियो । नवनिर्वाचित अध्यक्ष कुमार लिङदेन मिराक लाई पहिले मञ्चका अध्यक्ष तथा निर्वाचन प्रमुख डी.के. बुद्धिष्ट तामाङले पद तथा गापनीयताको सपथ गराउनु भयो । यसपश्चात परिषदका अध्यक्ष कुमार लिङदेन 'मिराक'द्वारा सम्पूर्ण नव निर्वाचित सचिवालय सदस्य, केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य र राष्ट्रिय पार्सद सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराइएको थियो । यसैक्रममा, मञ्चका कार्यवाहक महासचिव, मञ्चका अध्यक्ष मण्डल सदस्य तथा खम्बुवानका अध्यक्ष इन्द्रहाङ खम्बू र मञ्चकै कार्यकारी अध्यक्ष तथा तामाङसालीङ स्वायत्त राज्य परिषदका अध्यक्ष डी. के. बुद्धिष्ट तामाङबाट सफल कार्यकाल र सबल नेतृत्वका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । अन्तमा, मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका नवनिर्वाचित अध्यक्ष कुमार लिङदेन 'मिराक' ले सम्पूर्ण निर्वाचिच पदाधिकारी तथा सदस्यहरुको तर्फबाट सफल कार्यकाल, सबल नेतृत्व र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान जातीय स्वायत्त राज्य प्राप्तिको लागि प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै, वहाँले लिम्बुवानको दोस्रो राष्ट्रिय सम्मेलनलाई पत्यक्ष वा परोक्षरुपमा सहयोग गर्नु हुने सम्पूर्ण शुभेच्छक सहयागीलगायत कार्यकर्ता र प्रेश जगतलाई पनि हार्दिक आभारका साथ धन्यवाद दिनु भयो ।
प्रथम पूर्ण बैठकमा पारित प्रस्ताव र निर्णयहरुः
१. नव निर्वाचित सचिवालयलाई परिषदको पारित विधान अनुसार निम्नानुसार कार्य विभाजन गर्ने निर्णय सर्वसम्मतिले गरियो ।
क.उपाध्यक्षहरुः
प्रथम उपाध्यक्षः ज्ञानबहादुर गुरुङ
जिम्मेवारीः न्याय तथा प्रशासन
द्वितीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ
जिम्मेवारीः संगठन
ख.महासचिवहरुः
प्रथम महासचिवः सूर्य माखिम
जिम्मेवारीः कार्यालय
द्वितीय महासचिवः लासिम पालुङवा
जिम्मेवारीः विद्यार्थी
तृतीय महासचिवः फक्ताङलुङ योङहाङ
जिम्मेवारी लिम्बुवान भोल्युण्टियर्स (एल.भी)
ग.अर्थ सचिवः सुरेन्द्र निङलेकू नोनाम
यो जिम्मेवारी अर्को व्यवस्था नभएसम्मका लागि हुनेछ । साथै, आर्थिक आयोगको संयोजकमा सचिवलय सदस्य विसेन्द्र चेम्जोङलाई तोकिएको छ । सो आयोगले परिषदको सम्पूर्ण आर्थिक प्रतिवेदनहरु १५ दिनभित्रमा सबै जिल्ला परिषदहरुलाई गराउने निर्णयसमेत गरिएको छ ।
२. मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको नाममा गैरसंगठित समूहद्वारा उठाइने आर्थिक अराजकताबारे छलफल गर्दा लिम्बुवानको विभिन्न जिल्ला तथा क्षेत्रमा अराजक तरिकाले उठाइने गरेको आर्थिक कार्यकलापलाई तत्कालै बन्द गर्न हालका लागि कडा प्रेस विज्ञप्ति जारी गरी थप कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ ।
३. संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदको जारी आन्दोलन बारे छलफल गर्दा तत्कालै हुने भनिएको स्ववियु निर्वाचनलाई समानुपातिक प्रणाली बनाउन शान्तिपूर्ण सशक्त आन्दोलनलाई जारी राख्ने र सो आन्दोलनलाई राज्य परिषदको तर्फबाट पूर्ण सहयोग गर्ने निर्णय गरियो ।
४. परिचय पत्र बारे छलफल गर्दा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद राज्य कार्य समिति, वैकल्पिक केन्द्रीय सदस्य, राष्ट्रिय पार्सद सदस्य, र जिल्ला अध्यक्षहरुसमेतलाई यथासीघ्र परिचय पत्र राज्य कार्य समितिको तर्फाट प्रदान गर्ने निर्णय गरियो ।
५. संगठनको कार्य सञ्चालनलाई नियमित गर्न लेवी रकमबारे छलफल गर्दा तपशील बमोजिमको शुल्क निर्धारण गरियो ।
सचिवालय तथा केन्द्रीय सदस्यलाई मासिक रु. १००
वैकल्पिक के.स. तथा राष्ट्रिय पार्सदलाई मासिक रु. ५०
६. संयुक्त लिम्बुवान मोर्चा, नेपालको काठमाडौं केन्द्रीत आन्दोलनबारे छलफल गर्दा यही चैत्र पहिलो हप्ता एकात्मक केन्द्रीकृत राज्य सत्ता र संविधान सभा घेराउ कार्यक्रमलाई सफल पार्न परिषदको सचिवालय सदस्यहरु, केन्द्रीय सदस्यहरु, वैकल्पिक केन्द्रीय सदस्यहरु, राष्ट्रिय पार्सद सदस्यहरु, जिल्ला अध्यक्ष, भातृ संठनहरु विद्यार्थी, एल.भी., मजदुर, महिलालगायत सबै जनसंगठनहरु सशक्त तयारीमा लाग्ने र सो कार्यक्रमलाई सफल पार्ने निर्णय गरियो ।
७. अग्रज कार्यकर्ताहरुलाई दिइने प्रशिक्षण बारे छलफल गर्दा काठमाडौं आन्दोलनपछि तत्कालै तीन दिने वैचारिक तथा सांगठानिक प्रशिक्षण दिने निर्णय गरियो ।
८. दोस्रो राष्ट्रिय सम्मेलनमा केही प्रतिनिधिहरुलाई नयाँ कार्य समितिमा चयन गर्न नसकिएको बारे छलफल गर्दा लिम्बुवानी आन्दोलनका सक्रिय केही व्यक्तिहरु नयाँ कार्य समिति चयनमा छुट्न गएकोमा सो राजनीतिक सहकर्मी साथीहरुलाई समेट्न महासचिव लासिम पालुङवालाई संयोजक तोक्ने निर्णय गरियो ।
९. सम्मेलनको सहयोगदाताहरु बारे छलफल गर्दा लिम्बुवानको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनलाई सफल पार्न आर्थिकलगायत सबै खाले सहयोग गर्ने सहयोगदाताहरुलाई धन्यवाद पत्र दिने निर्णय गरियो ।
धन्यवाद !
जय लिम्बुवान !
……………………………………………
सूर्य माखिम
महासचिव
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध
संघीय लिम्बुवान राज्य परिषद
राज्य कार्य समिति
लिम्बुवान, नेपाल

No comments: