News

Mar 5, 2009

माओवादी सेना भर्ति रोक्न अदालतमा रिट दायर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी जनमुक्ति सेनाले गर्न लागेको भर्ति रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।एकिकृत माओवादीको जनमुक्ति सेनामा भर्ति खोल्नु शान्ति सम्झौता र संविधान बिपरीत भएको भन्दै इन्हुरेड इन्टरनेशनलका तर्फबाट अधिवक्ताहरु श्रीकृष्ण सुवेदी टंक अर्याल र रामकृष्ण काफ्लेले फागुन २२ गते रिट दायर गरेका हुन् । रिटमा जनसेनाको भर्ति रोक्न तत्काल अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । माओवादी जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन पासाङ्गले फागुन १९ गते प्रेस विज्ञप्ती मार्फत भर्ति आह्वान गरेका थिए ।

No comments: