News

Mar 5, 2009

सरकारले तराईमा आन्दोलनरतलाई वार्ताका लागि आह्वान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले तराईमा आन्दोलनरत सम्पूर्ण पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । लगातारको हड्तालले जनजीवन कष्टकर बन्दै गएको भन्दै बिहीबार बिज्ञप्ती जारी गरी सरकारले उनीहरुलाई वार्ताका लागि आह्वान गरेको हो ।समस्या समाधानका लागि वार्ता उपयुक्त माध्यम भएको भन्दै सरकारले संयुक्त थारु संघर्ष समिति, थारु राष्ट्रिय मुक्ति मोर्चा तथा विभिन्न जनजाती सम्बद्ध जातजातीलाई वार्ताका लागि आह्वान गरेको हो ।शान्ति तथा पुनःनिर्माणमन्त्री जनार्दन शर्माले बिहीबार बिज्ञप्ती जारी गरी तराईका विभिन्न क्षेत्रमा सुरक्षा स्थिति बिगि्रएको, दर्जनौको संख्यामा घाइते भएको तथा तोडफोड र लगातारको बन्दले जनजीवन प्रभावित भएको भन्दै आन्दोलन कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन् ।बिज्ञप्तीमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थारु समुदायको उचित मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको दोहोर्‍याउँदै जनमुखि संविधानको निर्माण तथा दिगो शान्ति र समतामूलक विकासको लक्ष्य हाँसिल गर्न सहयोगका लागि आग्रह गरिएको उल्लेख छ ।

No comments: