News

Mar 11, 2009

जनमुक्ति सेनाका भर्ती प्रक्रिया स्थगन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनमुक्ति सेना नेपालले सर्वोच्च अदालत, सरकार तथा सेना समायोजन विशेष समितिको आदेश पालना गर्ने प्रतिबद्धतासहित भर्ती प्रक्रिया स्थगन गरिएको जनाएको छ ।जनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन 'पासाङ' ले प्रेस विज्ञप्ति जारी गरी सो जानकारी दिनुभएको हो ।विज्ञप्तिमा हाल दुवै सेनाको भर्ना विषयलाई लिएर अदालतमा परेको रिटमाथि अर्को आदेश नहुँदासम्म सरकार तथा विशेष समितिलाई भर्ती प्रक्रिया रोक्ने अन्तरिम आदेश जारी भएबमोजिम दुवै सेना (जनमुक्ति सेना र नेपाली सेना) को भर्ती प्रक्रिया रोक्ने भन्ने निर्णयअनुसार जनमुक्ति सेनालाई पनि भर्ती रोक्नका लागि यही फागुन २६ गते विशेष समितिको पत्र जनमुक्ति सेनाको मुख्यालयमा प्राप्त हुन आएकाले भर्ती प्रक्रिया रोकिएको उल्लेख छ ।

No comments: