News

Mar 11, 2009

नेपाल र भारतका अधिकारीहरूबीच आठ बुँदे सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुस्ता सीमा सुरक्षा र गण्डक समस्याबारे नेपाल र भारतका अधिकारीहरूबीच भारत, बिहारको बाल्मीकिनगरमा भएको बैठकमा आठ बुँदे सहमति भएको छ ।बैठकमा भएको २१ बुँदे सहमतिमध्ये बाँकी रहेका सबै काम भारत सरकारले तत्काल पूरा गर्ने सहमति भएको छ ।बैठकमा भारतीय मुख्य पश्चिमी नहर पुनःनिर्माणका लागि बृहत् परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने, गण्डक बाँधका कारण नेपालमा भएको डुबान कटानको क्षतिपूर्ति सर्बेक्षाण प्रतिवेदन विहारको बेतियामा पेस गर्ने, नेपाल-भारतका सवारी साधनहरू निर्वाधरूपमा एक अर्का देशमा आउन जान दिने सहमति भएको हो ।भारतले नेपालमा गर्ने गण्डक संरचनाका विभिन्न कार्यमा नेपाली टोलीले अनुगमन गर्ने, गण्डक नहर मर्मतका लागि भारतले भारतीय रूपैयाँ एक अर्ब २७ करोड लगानी गर्ने, गत असार १२ गते भएको सहमतिअनुसार तेस्रो चरणको कामका लागि दुबै सरकारको केन्द्रीयस्तरमा पहल गर्ने लगायतका विषयमा सहमति भएको छ ।छलफलमा नेपाल र भारत दुबै देशका सुरक्षा अधिकारी र प्राविधिकलगायतका सहभागिता थियो ।

No comments: