News

Mar 12, 2009

प्रधानसेनापति रुकमाङ्गद राष्ट्र र जनताको लागि प्रतिबद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानसेनापति रुकमाङ्गद कटवालले नेपाली सेना सम्पूर्ण नेपाली जनताको साझा सम्पत्ति र शक्ति हो भन्दै सेना सदैव राष्ट्र र जनताको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले नेपाली जनताको तिरोबाट पालितपोषित नेपाली सेना मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र एकताको संरक्षण एवम् सम्वर्द्धनमा अटल र अडिग भएर लाग्ने दृढता पनि व्यक्त गर्नुभएको छ ।काठमाडौँको शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित सि.सं. १५ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोहमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

No comments: